स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक पर्वत जिल्लाको जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजित ‘गौमहोत्सव’ गैरआवासीय नेपाली संघ एनआएनएका निर्वतमान उपाध्यक्ष कुल आचार्यले १० लाखभन्दा धेरै सहयोग गर्नुभएको छ ।

बिहिबारदेखि सुरु भएको महायज्ञमा धाईरिङ घर भई यूकेका सफल नेपाली ब्यवसायी समेत रहेका आचार्यले १० लाख ५ हजार ५५५ सहयोग गर्नुभएको गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । ‘यस क्षेत्रको विकासमा उहाँको ठूलो योगदान छ,‘यस अगाडी पनि सहयोग गर्नुभएको थियो’ आचार्यले भन्नुभयो ।

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा आयोजित महायज्ञको दोस्रो दिन उक्त सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो ।

उक्त समयमा समेत आचार्यले २ लाख सहयोग गदैं संस्थापक सदस्यता लिनुभएको थियो । समाजसेवी आचार्यले जलजला गाउँपालिका भित्र जन्मगाउँ धाईरिङ र मल्लाजको सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय सहित विभिन्न सहयोग गर्नुभएको छ । उहाँले धार्मिक क्षेत्रमा समेत सहयोग गर्न पाउँदा उत्साहित भएको बताउनुभयो ।

‘समुदायका हरेक अभियानमा मेरो साथ हुन्छ,‘महायज्ञको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु’ आचार्यले भन्नुभयो । मंसिर १९ देखि २६ गतेसम्म हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवमा सहयोग आउने क्रम जारी छ । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना अन्तरगत आयोजित महायज्ञहिन्दु धर्मावलम्बीहरुको जन्मदेखि मृत्यु सम्म नै अति आबश्यक जनावर मानिने गाईको महत्वका बारेमा समेत जानकारी गराइने छ ।