२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले जनाएकाे छ ।
गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) रानीगाउँ भैरहवा पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु ५२ वर्षीय जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।