सोनु सिर्पाली पैदलयात्राको क्रममा बाटोमा लडेर गम्भीर घाईते हुनुभयो । सडकमा बज्रिएपछि सिर्पालीको हात, खुट्टामा समस्या देखियो। म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका शरीर नचल्ने अवस्थामामा पुगेपछि विभिन्न अस्पतालमा उपचार गरी फर्किएका सिर्पालीको हातखुट्टा सुन्निन थालेपछि श्रीमति दिलु सिर्पालीको साहरामा तातोपानी कुण्डमा स्नान गदै हुनुहुन्छ।

एउटा हातमा बैसाखी र अर्को हातमा श्रीमतिको साहराले कुण्डमा प्रवेश गर्नुभएका सिर्पालीले दुईसाताको उपचारसँगै बैशाखी छोडेर लौरो र अहिले निको भएपछि आफ्नै खुट्टाले विस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र पुग्नुहुन्छ ।

धवलागिरी गाउँपालिका–५, मल्कवाङकासिर्पालीजस्तै सडक दुर्घटनामा परेका केही बिरामीले कुण्डमा आफन्तको सहयोगमा आएर दुई हप्तासम्म लगातार डुवेर निको भएपछि उत्साहित हुदै फर्किएका छन् ।

बर्दिया जिल्लाकी सामाजिक कार्यकर्ता रवीकला गिरीले तातोपानीमा डुवेपछि रोग निको हुने सुनेर एक समुहमा हुनुहुन्छ ।छाला पट्पटी फुटेर घाउ शरीरभरि फैलिएको, शरीरमा सेतो दुबी दाग र पायल्स रोगबाट ग्रसित भएका बिरामीको रोजाईमा समेत कुण्ड परेको छ।

ठूला तथा महङ्गो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर कुण्डमा आउने विरामीको संख्या ह्वात्तै बढेको छ।‘कुण्डमा डुवेरै निको भएको छ,‘हिड्नै नसक्ने अवस्थामा आएर अहिले आफँै हिडेर घर जान सक्ने भएको छु’ सिर्पालीले भन्नुभयो । बर्दियाकी इन्द्रदेवी कुँवरले म्याग्दीको तातोपानीको बर्दियामा ब्यापक चर्चा रहेको बताउनुभयो । महिलामा पुरुषको तुलनामा धेरै रोग देखिने भएकाले तातोपानी कुण्ड रोग पखाल्ने ठाउँ भएको बताउनुभयो ।

‘उपचारको नाममा अस्पतालमा धेरै खर्च गरेका बर्दियाका महिलाले म्याग्दीको तातोपानी कुण्डलाई रोज्ने अवस्थामा पुगेका छन्,‘पहिलोपटक मैले पनि स्नान गरेपछि धेरै सहजभएको छ’ कुँवरले भन्नुभयो । पुरुष र महिलालाई फरक– फरक समय तालिका रहेको कुण्डमा गम्भीर दुर्घटनामा परेर अस्पतालमा बसेका विरामी चिकित्सकले डिस्र्चाज गरेपछि एक महिनासम्म स्नान गर्ने गरेको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ ।

जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातातोपानीले नेपालभरीका विभिन्न रोगका बिरामीलाई आर्कषित गरेको छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नानगर्दा एक व्यक्तिमाभएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएपनि गर्मी मौसममा माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै छ ।