Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

निउरेको घरफिर्ती अभियानमा मोना कतारको सहयोग

साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा ६ बर्षदेखि जेल सजाग भोगिरहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई घर फिर्ती अभियानमा मोना कतारले १ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी पुगेका निउरे कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा हत्याको अभियोगमा जेलमा परेका थिए । मोना कतारले मोना आइसीको नाममा गरिका विकास बैंक बेनी शाखामा रहेको खातामा रकम जम्मा गरेको छ ।

मोना कतारको नियमित बैठकमा जेलमा रहेका निउरेको घरफिर्ती अभियानमा आवश्यक पर्ने आर्थिक जुटाउने अभियानमा उक्त सहयोग गर्ने निर्णय भएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो ।

नियमित बैठकमा मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्की, सचिव रमेश पौडेल सहित कार्यसमिति लगाएतको उपस्थितिमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेको फिर्ती अभियानलाई प्रभावकारी बनाउन समेत अपिल गरिएको थियो।

निउरे घाईतेलाई बोकेर अस्पतालमा लैजाने क्रमा फिंगर प्रिन्टलाई आधार मानेर प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेको त्यहाँ रहेका म्याग्देलीको भनाई छ । बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए ।

Exit mobile version