नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको भारोत्तोलन खेलमा तारादेवी पुनले काँस्य पदक जित्नुभएको छ । शनिबार सम्पन्न ७६ समुह तौलबाट खेलमा सहभागी पुनले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७, हिस्तान निवासी पुनले केही प्राविधिक कमजोरीले नतिजा आफ्नो पक्षमा नआएपनि पदक विहिन नभएको पुनको भनाई छ ।

‘स्वर्णपदक गुमेपनि पदक विहिन भईन्,‘आगामी दिनमा थप प्रयास गर्नेछु’ पुनले भन्नुभयो । एक महिना अगाडी टाईफाइडको कारण बिरामी भएकी पुन शरीरमा ज्वरोका कारण समेत शरीर कमजोर थियो ।

१२ औ दक्षिण एशियाली खेलकुदमा ७५ किलो माथिको तौल समुहमा कास्य पदक जित्नुभएको थियो । नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा समेत पाएकी पुनबाट केही नयाँ किर्तिमानीको अपेक्षा समेत गरिएको थियो । २०५८ सालबाट भारोत्तोलनमा प्रवेश गर्नुभएको पुनले राष्ट्रिय स्तरका सबै प्रतियोगितामा स्वर्ण गुमाउनुपरेको छैन् । राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक स्वर्ण जितेकी तारा १५ वर्षदेखिकै विजेता हुनुहुन्छ ।

विज्ञापन