पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको न्यू होराइजन आवासीय माध्यामिक विद्यालयमा आइतबारदेखि आन्तरिक बृहत खेलकुद सप्ताह सुरू भएको छ । आइतबारदेखि सुरू भएको प्रतियोगिताको जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले उद्घाटन गदैं विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै खेलकुद क्रियाकलापलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो । गाउँपालिकाले खेलकुद गतिविधिलाई प्राथमिकता दिने बताउँदै अध्यक्ष मल्लले निजी र सामुदायिक विद्यालय बीचको सहकार्यबाट गुणस्तरीय शिक्षामा समेत जोड दिनुभयो ।

उहाँले होराईजनले पर्वत जेसीज कप जितेको गाउँपालिकाले २० हजार नगद प्रोत्साहन स्वरुप सहयोगको घोषणा समेत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वडा अध्यक्षको तर्फबाट जलजला गापा–१ का अध्यक्ष तुलसीराम रेग्मी, संघसंस्थाको तर्फबाट वारीबेनी खानेपानी संस्थाका अध्यक्ष लोकनाथ रेग्मी, विद्यालयको तर्फबाट विद्याज्योती माविका प्रधानाध्यापक रघुनाथ आर्चाय र प्राज्ञिक ब्यक्तिको तर्फबाट म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकराम सापकोटाले मन्तब्य राख्नुभएको थियो ।

विद्यालयको स्पोटर्स क्लवको आयोजनामा सुरु भएको आन्तरिक प्रतियोगितको उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबहादुर जिसी शिव, स्वागत विद्यार्थीको तर्फबाट कुशुम पुन, शिक्षकको तर्फबाट प्रतियोगिता संयोजक सन्तोष खत्री, कार्यक्रमको उदेश्य प्रधानाध्यापक अर्जुन पौडेल र सञ्चालन प्लस टु संयोजक नारायण पौडेलले गर्नुभएको थियो। आन्तरिक खेल अन्तरगत शिक्षक, अभिभावक, विद्यार्थी सहित विभिन्न ५५ वटा विधाका खेलहरु रहेका छन् ।

आन्तरिक खेलको भलिबल प्रतियोगिताको शुभारम्भ वडा अध्यक्ष तुलसीराम रेग्मी र बागलुङ कालिका डाईभिङ सेन्टरका सञ्चालक राम खत्रीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जलजला गापा अन्तरगत वडा नं २ का अध्यक्ष गोविन्द खत्री, वडा नं ३ अध्यक्ष देबेन्द्र बहादुर भण्डारी र वडा नं ४ का अध्यक्ष भिष्म मल्ल लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैबीच सप्ताहकै अवसरमा चौथो होराइजन फाइभ ‘ए’ साइड फुटबल प्रतियोगिता समेत हुने छ । प्रतियोगितामा बिजेता र उपबिजेतालाई रनिङ कप, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै अनुशासित टिमलाई नगद तथा उत्कृष्ट खेलाडी, सर्वा्िधक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने न्यु होराइजन स्पोटर्स क्लवले जनाएको छ ।