म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित महादेव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट ओमबहादुर छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकमा बेनीमा सम्पन्न भएको साधारणसभाबाट सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा अनुदेवी पुन, सदस्यहरुमा लोकेन्द्रबहादुर चन्द, मसिना कार्की, लालकुमारी बानियाँ रगबहादुर बुढा रहेका छन् ।

साधारणसभाबाट लेखा समिति संयोजकमा अजित बरुवाल,ऋण समिति संयोजक सन्तोष ढुंगाना, लोकेन्द्र बहादुर चन्द, अनुदेवी पुन निर्वाचित भएको सहकारीकी प्रबन्धक पार्वती चन्दले जानकारी दिईन् । आर्थिक तथा प्रगति प्रतिवेदन संस्थाका सचिव ढुंगानाले प्रस्तुत गरेका थिए ।साधारणसभाको अवसरमा सल्लाहकार एवम् पर्वतको जलजला गाउँपालिका वडा नं ४, अध्यक्ष भिष्म मल्लले मन्तब्य राखेका थिए ।

सहकारीले गत आर्थिक वर्षसम्म शेयर सदस्य १ सय ५७, शेयर पुँजी ९० लाख २५ हजार ६ आठसय, लगानी ३ करोड ६२ लाख २२ हजार १ ६७ र बचत २ करोड ८५ लाख २८ हजार ५३९ रुपैयाँ रहेको सहकारीका सचिव सन्तोष ढुंगानाले बताए । सहकारीका ज्येष्ठ शेयर स चन्द्र बहादुर गर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संस्थाका ओमबहादुर छन्त्यालको अध्यक्षता, अजित बरुवालको स्वागत र प्रवन्धक पार्वती चन्दले सञ्चालनमा सम्पन्न भएको थियो ।