अमेरिकाको न्यूयोर्कमा कारको ठक्करबाट गम्भीर घाईते भएका म्याग्दीका एक यूवाको उपचारको क्रममा मृत्यु भएको छ । गत सेक्टेम्बर ३० तारिखमा न्यूयोर्कको  हिक्सभिलको इस्ट ओल्ड कन्ट्री रोड र साउथ ब्रोडवेको इन्टरसेक्सनमा  कारको ठक्करबाट धाईते म्याग्दीको मालिका गाउँपालिका–१, निकास्कोटका ३७ बर्षिय खिम सेती महरको मृत्यु भएको म्याग्दी समाज न्यूर्योकका सचिव याम पुनले जानकारी दिए। उनका अनुसार महरको उपचारको क्रममा नासु युनिभर्सिटी मेडिकल सेन्टरमा ज्यान गएको हो ।

आईसीयुमा भर्ना गरिएको महरको उपचारमा म्याग्देली सहित नेपालीले आर्थिक सहयोग संकलन गरेका थिए । गत शनिबार मृत्यु भएका महरकी श्रीमती घनदेवी नेपालबाट आएपछि शव जिम्मा लगाइने अस्पतालले जनाएको छ । २ बर्ष अगाडि अमेरिका पुग्नुभएका सेती महर न्युयोर्कमा बस्दै आएका थिए । परिवार, लङ आइसल्याण्ड नेपाली समाज, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर र म्याग्दी समाज न्युयोर्कबाट सहयोग संकलन अभियान चलाइएको थियो । सेती महरका श्रीमति र तीनजना छोराछोरी छन् ।