लायन्स क्लव अफ बेनी पिस सिटीले धवलागिरी गाउँपालिका–७, ताकममा निशूल्क बृहत स्वास्थ्य शिविर गर्ने भएको छ। म्याग्दी जिल्लामा विपन्नलाई घर, समुदायमा आयआर्जन सहित गरिबीकै कारण शिक्षादिक्षाबाट बन्चित भएकाहरूको सेवामा सक्रिय रहेको क्लवले गण्डकी मेडिकल कलेज पोखरासँग सहकार्य तथा बेनी अस्पपतालको समन्वयमा आगामी मंसिर २८ र २९ गते ताकममा स्वास्थ्य शिविर सञ्चालन गर्न क्लवका लान्यस क्लवका अध्यक्ष नरेश श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

‘शिविरका लागि तयारी अन्तिम चरणमा पुगेको छ,‘गाउँपालिकाभित्रका सबै वडामा समेत पत्रचार गरिएको छ’श्रेष्ठले भने । उनका अनुसार बिशेषज्ञ चिकित्सक सहित २० स्वास्थ्यकर्मीको उपस्थितीमा गरिने शिविरमा स्वास्थ्य चेकजाँच, निशुल्क औषधी वितरण, परामर्श लगाएतको सुविधा रहेको बताए ।

मेडिसि डा. तिर्थलाल उपाध्याय, हाडजोर्नी डा. कृष्णबहादुर बिष्ट, स्त्री रोग विशेषज्ञ डा. सविता थापा,बालरोग रासनी वस्ताकोटी, छाला तथा यौन रोग विशेषज्ञ डा. सौरभ अर्याल लगाएतका चिकित्सक सहितको टोलीले उपचार गर्ने जोन चियरपर्सन लोकेश पुन मगरले बताए । शिविरलाई वडा कार्यालय, धवलागिरी जनयुवा क्लव ताकम र आमा समूहहरु सह–आयोजकको भूमिका निर्वाह गर्नेछन् ।

शिविरमा छिमेकी मालिका गाउँपालिकाको देविस्थानबाट समेत विरामी आउने अपेक्षा गरिएको छ । क्लवले हरेक बर्ष बोधिचित्तको रोपण, जेहेन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई म्याग्दी बहुमुखी क्याम्पसमा निशुल्क शिक्षा, गलेश्वरका बृद्धबृद्धालाई भोजन तथा बेनपा–१ रत्नेचौरको उपल्लाचौरमा हिरामती कामीलाई घर बनाइदिएको थियो

विज्ञापन