बिहेको आश्वासन दिइ १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको गरेको आरोपमा प्रहरीले आज सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई नियन्त्रणमा लिएको छ ।

बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखि कात्तिक २६ गते आरोपितले जबर्जस्ती करणी गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई नियन्त्रणमा लिएको जनाइएको छ ।आवश्यक कानूनी कारवाहीका लागि महरालाई आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।