दक्षिण एसियाली खेलकुद (साग) मा म्याग्दी जिल्लामा जन्मिएका चार खेलाडीले नेपालका लागि विभिन्न पदक दिलाएका छन् । काठमाण्डौ र पोखरामा सम्पन्न भएको खेलमा म्याग्दी जिल्लामा जन्मिएका चार खेलाडीले नेपालको पदक सूचीमा पदक थप्नुका साथै खेलकुदमार्फत नयाँ इतिहास समेत रच्न सफल भए ।

खेलकुदमार्फत नेपाललाई दक्षिण एशियामै चिनाउन सफल भएका खेलाडीहरुको सफलताले म्याग्दीका खेलप्रेमी समेत उत्साहित छन् । जारी प्रतियोगिता अन्तरगत विभिन्न खेलमा सहभागी भएका म्याग्दी जिल्लाको परिचय जोडिएका खेलाडीहरु रित्तो हात फर्किनु परेन् । नेपाली महिला भलिबल टिमले रजत पदक जित्न सफल भयो ।

नेपाली टोलीको नेतृत्व रघुगंगा गाउँपालिका वडा नं ३, पिप्लेकी अरुणा शाहीले गरेकी थिईन् भने टोलीमा मालिका गाउँपालिका–३, रुमकी कमला पुन समेत छिन् । त्यस्तै उसुतर्फ ७० केजी तौलसमूहबाट मंगला गाउँपालिका वडा नं २ बावियाचौरकी विन्दु पुन मगर र अन्नपूर्ण गाउँपालिका–७, हिस्तानकी तारोदवी पुनले भारात्तोलनमा काँस्य पदक जितिन् । १२ औ दक्षिण एशियाली खेलकुदमा समेत अरुणा, कमला, विन्दु र तारादेवीले भारतमा नेपालका लागि पदक जितेका थिए।

महिला भलिबलमा नयाँ इतिहास
पहिलोपटक नेपाली महिला भलिबल टिमले सागकै इतिहासमा रजत पदक जित्न सफल भयो । निकै बलियो मानिएको भारतसँग ३–२ ले पराजित भएको नेपाली टोलीले विगतका खेलमा भारतसँग सोझो सेटमै पराजित हुने गरेको थियो । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिम भारतसँग ३–२ ले पराजित भएसँगै सागमा पहिलो पटक स्वर्ण जित्ने अवसर गुमाएपनि रजत पदक अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

सागमै भारतपछिको बलियो मानिएको श्रीलंकाली टिमलाई सेमिफाइनलमा ३–० को सोझो सेटमा हराएको नेपाली टोलीको कप्तान शाहीको अहिले ब्यापक चर्चा छ । महिला टोलीमा कमजोर मानिएको नेपाली टोलीको नेतृत्व गरेसँगै अरुणाको नेतृत्वमा दुईवटा इतिहार रचेको छ ।

एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप बनेको नेपाली टोलीले यसअगाडीका साग खेलमा काँस्यपदकबाट माथि उक्लिन नसकेको थिएन् । हाल लिफ्टर अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । नेपाल प्रहरीको महिला भलिबल टोलीको लिफ्टर पुनको राष्ट्रिय टोलीकी सक्रिय सदस्य हुन् ।

उसुमा चम्किएकी विन्दु
मंगला गाउँपालिका–२, बावियाचौरमा कराँते खेलमा ब्यस्त हुने विन्दु पुनमगरले जिल्लास्तरका धेरै प्रतियोगित जितेकी थिईन्। उनले राष्ट्रपति खेलकुद प्रतियोगिता, क्षेत्रीयस्तरसम्म कराँतेमा सहभागी भएपनि पाँचबर्षदेखि उसु खेलमा सहभागी छिन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) उसुतर्फ ७० केजी तौलसमूहबाटे रजत पदक जितेकी छन् ।

उनले बंगलादेशका खेलाढीलाई पराजित गदैं फाइनलमा प्रवेश गरेकी थिईन् । फाइनल खेलमा सानो कमजोरीले स्वर्णपदकको अवसर गुमेपनि पुनले १२ औ सागमा समेत नेपाललाई रजत पदक जिताएकी थिईन् । नेपाली सेनामा कार्यरत पुनमगरले निरन्तर अभ्यासका साथै दरिलो आत्मविश्वासका कारण खेलमा पदक विहिन हुनपरेको छैन् । उसुमा भारतका खेलाडीलाई दक्षिण एशियाली देशमै बलियो मानिन्छन् ।

तारादेवीलाई काँस्य

१२ औ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई काँस्य पदक दिलाएकी तारादेवी पुन एकमहिना अगाडी बिरामी अवस्थामा दिईन् । ज्वरोले सताएपछि अभ्यासलाई छोडेर आराम गरेकी पुनमगरले पोखरामा सम्पन्न १३ औ सागमा काँस्य पदकमै चित्त बुझाउनुपर्यो ।

नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा समेत पाएकी पुनले वि.श २०५८ सालबाट भारोत्तोलनमा प्रवेश गर्नुभएको पुनले राष्ट्रिय स्तरका सबै प्रतियोगितामा स्वर्ण गुमाउनुपरेको छैन् । राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक स्वर्ण जितेकी तारा १५ वर्षदेखिकै विजेता छिन् । उनले ११ औ सागबाट नियमित सहभागिता जनाउँदै आएकी छन् । ११ औ सागमा किनेको जुत्ता लगाएर १३ औ सागमा काँस्य जितेको खवर अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।