हङकङमा नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२० मनाइने भएका छन् ।त्यसका लागि त्यहाँ भएका संघसंस्थाहरु जुटेका छन्। नेपाल भ्रमण वर्ष २०२० को विधिवत उद्घाटन कार्यक्रम आगामी ५ जनवरी २०२० का दिन हङकङको सेन्ट्रलमा राखिएको एनआरएन हङकङकी अध्यक्ष राधिका गुरुङले जानकारी दिइन ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबर्धन समिति गठन गरिएको छ । नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहेको सो कार्यक्रमको सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ रहेको छ भने नेपाल बायुसेवा निगम पनि सहआयोजक रहेको छ ।

त्यस्तै सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ छ।बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टामा हङकङ साइट घुम्ने कार्यक्रम पनि छ । कार्यक्रममा करिब ४ सय जनाको सहभागिता रहने उनले बताइन।

विज्ञापन