बेनी अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको जटिल शल्यक्रिया गरिएको छ । शिशु जन्मिुन अगाडी नै नाल बाहिर निस्किएको अवस्थामा रहेकी अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाकी ३६ बर्षिया महिलाको मंगलबार विहान २ बजे सफल शल्यक्रिया गरिएको हो ।

बच्चाभन्दा पहिले नै नाल बाहिर निस्किएपछि आफुँले जन्मिनु अगाडी नै नली अर्थात नाललाई आफ्नै शरीरको कुनै भागले दबाएको अवस्थामा जोखिम मोलेर बच्चाको ज्यान जोगाउन सफल भएको डा. नवराज बस्ताकोटीले बताए । ‘यो जोखिम मध्येको एक शल्यक्रिया हो,‘ यस्तो अवस्थामा आमाभन्दा पनि शिशुको ज्यान खतरामा हुन्छ’ डा. बस्ताकोटीले भने । उनले आमाबाट बच्चामा नालद्वारा अक्सिजन, पोषक पदार्थ प्राप्त गर्ने भएकाले शिशुभन्दा पहिले नै सालनाल बाहिर आएमा शिशुको गर्भमै मृत्युको जोखिम हुने बताए ।

??????????????????????????????????????????????????????????

नाल बाहिर निस्किएमा शिशुको मुटुको गति कम चल्ने जस्ता समस्या देखिन्छ ।‘नालबाहिर निस्किएको भेटिएमा बच्चाको टाउकोलाई माथि धकेल्नुपर्छ,‘तत्कालै अप्रेसन गरेर बच्चा निकाल्नुपर्छ’ डा. बस्ताकोटीले भने। उनका अनुसार सालनालकै गडबडीको कारण गर्भमै मृतावस्थाको शिशु भेटिने गरेको समेत बताए । बच्चाले फ्याँकेको कार्बनडाइ—अक्साइड, शरीरबाट बहिर्गमन हुनुपर्ने पदार्थहरू सालकै नसाबाट आमाको रक्त सञ्चारमा पुर्याउँछ ।यो प्रक्रिया भुण तथा साल बनेदेखि शिशुको जन्म नभएसम्म चलिरहन्छ ।

मेडिकल भाषामा यस्तो समस्यालाई Cord Prolapse भनिन्छ । डा. बस्ताकोटीका अनुसार सामान्यतया बच्चा जन्मिएको करिब आधा घन्टाभित्र सालनालको पनि प्रसव हुनुपर्छ । डा. बस्ताकोटीका अनुसार घरमा बच्चा जन्माउँदा यस्तो अवस्थामा बच्चाको ज्यान जोगाउन नसकिने बताए । उनले घरभित्र बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा भेटिनुको प्रमुख कारण समेत यस्तै समस्या भएकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्ने बताए ।

उनले जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले केही महिना अगाडी पर्वतका मल्लाजमा समेत यस्तै समस्या देखिएपछि तत्कालै बेनी अस्पतालमा रिफर गरिएको थियो ।सोमबार परिवारसँगै अस्पतालमा आएकी महिलाको शल्यक्रियाको क्रममा जोखिम देखिएपछि डा. बस्ताकोटी, डा. विबेक चौवी, डा. सागर लामिछाने सहित रामकृष्ण खत्री, सोभा पौडेल, रुविना थापा, निरा गर्बुजा लगाएतको उपस्थितिमा शल्यक्रिया गरिएको थियो ।

‘शिशुको ज्यान जोगाउन सफल भएपछि अप्रेसन कक्षमै चिकित्सक सहितको टोलीले खुसीयाली मनाए’ एक स्वास्थ्यकर्मीले भने । केहीदिन अगाडी बेनी अस्पतालमै पाठेघर बाहिर ५–७ हप्ताको गर्भ पाठेघर बाहिर फुटेको अवस्थामा आएकी महिलाको अप्रेसन गरिएको थियो । बेनी अस्पतालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्जरीतर्फ यूगल ज्योती नेपाल र मेडिसिनमा डा. सुदिप अधिकारी उपस्थितीसँगै जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै शाखा बनाएर सेवा दिइएको छ ।

विज्ञापन