माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत रिट्रोना बानियाँ ६९ दिनसम्म विद्यालयमा सञ्चालित तालिममा कमाण्डरको भूमिका निर्वाह गरिन् । खैरो रङको पोसाक (कम्ब्याड)मा सजिएका विद्यार्थीलाई उनले सेनाले जस्तै निर्देशन दिने, प्रशिक्षण दिने तथा तालिमअवधिभर कमाण्डरको भूमिमा प्रस्तुत भईन् ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलको जुनियर डिभिजनले तालिममा विद्यार्थीको तर्फबाट टोली संयोजक बनेकी बानियाँले उत्कृष्ट कमाण्डसँगै एरिया तालिम सम्पन्न गरिन् । नेपाली सेनाकै प्रशिक्षकको उपस्थितिमा व्यक्तित्व विकास,क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउने विभिन्न तालिमले दैनिकीमा ठूलै परिवर्तन आएको विद्यार्थीको टोली संयोजक बानियाँले बताईन् ।

‘पूरानो दैनिकी सम्झँदा हाँसो लाग्छ,‘सक्षम बन्ने सबै तालिम प्राप्त गरेका छौ’ बानियाँले भनिन् । आत्मविश्वास बढ्नुका साथै समाज भइरहेकाका विभिन्न गतिविधिमा सहभागिता,उद्घोषण कला, प्रभावकारी भाषणकलाको सीप तथा ब्यक्तिगत शरीरको रक्षाका लागि आवश्यक पर्ने अभ्यास सिकेको बताईन्। सेल्फ डिफेन्स र हिंसा हुँदा कसरी प्रतिकार गर्ने सकिने भएकाले ढुक्कले हिड्न सक्ने भएको छात्रा विद्यार्थीको भनाई छ । विद्यार्थीले तालिमसँगै तेजिलो दिमागले पढाईमा समेत सहज भएको बताए । विद्यालयमा सञ्चालित छनौट तालिममा सहभागी मध्ये छात्र १८ र छात्रा १८ जनालाई छनौट गरी तालिम दिइएको थियो।

विहान अबेरसम्म सुत्ने । हतार–हतार गरी विद्यालयमा जाने, घरायसी काम गर्न अल्छी लाग्ने, सामुहिक कार्यका घुलमिल नहुने बानी बाल्यकालदेखी नै बानियाँको रहेपनि टोलीको नेतृत्व गर्दा धेरै सिक्ने अवसर मिलेको बताईन् । बानियाँजस्तै सोही विद्यालयका प्रमोद परियार र रिया रोकाले विहानै उठ्न पटक–पटक अलराम घडी बज्दा समेत नउठ्ने बानीले अभिभावक समेत हैरान थिए ।

राती अवेर सम्म बस्न सक्ने विद्यालयका अन्य ३३ जना विद्यार्थीलाई अभिभावकको प्रयासमा समेत विहानै विस्तारबाट निस्कने बानी बसेको थिएन् । पछिल्लो केहीमहिना यता उनीहरूको दैनिकीमा ब्यापक परिर्वतन आएको छ। बिहान सबेरै उठ्ने, नियमित अभ्यास गर्नेमा सहभागी हुन थालेपछि विद्यार्थीको दैनिकीमा देखिएको परिवर्तनले अभिभावक समेत मख्ख छन् ।

विद्यार्थीको अल्छीपन हटाउनुका साथै प्राकृतिक विपत्तीमा परेका नेपालीलाई उद्धार गर्न आवश्यक तालिमले विद्यार्थी समेत उत्साहित भएका छन्।‘सबैभन्दा पहिले राष्ट्रप्रतिको जिम्मेबारी बुझ्ने अवसर मिलेको छ,‘ब्यक्तिगत दैनिकीमा समेत धेरै परिवर्तन आएको छ’ विद्यार्थी सुवास विकले भने । उनले कुनैपनि काम गर्दा डर लाग्ने, निरन्तर काम गर्दा अल्ली लाग्ने जस्ता समस्यालाई समेत तालिममा सहभागि भएपछि हटाउन सफल भएको बताए ।

आइतबार विद्यालयस्तरमा सञ्चालित तालिमको समापन कार्यक्रममा अभिभावक तथा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागितामा विद्यार्थीले सैन्य सहित आफ्नो ब्यक्तित्व विकासमा तालिममार्फत सिकेका सीपहरु प्रर्दशन गरेका थिए। जुनियर डिभिजनका जमदार मोहन थापा, हबल्दार तेजबहादुर गुरूङले प्रशिक्षण दिएका थिए । विद्यालयमा सञ्चालित तालिममा दैनिक दुई घन्टाको दरले ७९ दिन प्रशिक्षण दिइएको विद्यालयका प्रधानाध्यापक आरके चौधरीले बताए।

उनले तालिमले विद्यार्थीको ब्यक्तिगत सँगै विद्यालयका विद्यार्थीमा अनुशासन कायम गराउन सफल भएको बताए ।स्थान विशेषको रुपमा ७९ दिनसम्म शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो, बक्सिङ, खाली हात ड्रिल, खुकुरी ड्रिल,अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी, तेक्वान्दो, नक्सा अध्ययन,भिडमा बोल्ने तरिका, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान, कम्पास जीपीएस लगायतका साहसिक तालिम दिइएको थियो ।

हात्तीखोरमा २१ दिनसम्म अतिथि भाषणकला, नेतृत्व विकास, व्यक्तित्व विकास, स्वप्रवद्र्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन तथा लागुपदार्थ दुव्र्यसन, सैनिक कला एवम् महिला तथा बालअधिकार संरक्षणसम्बन्धी तालिम दिने दिइने छ। उक्त तालिममा देशभरबाट सहभागी विद्यार्थीमध्येको उत्कृष्टलाई विदेशमा समेत अभ्यासको अवसर दिइने छ । हात्तिखोरको तालिममा सेनापति लगाएत विशिष्ट ब्यक्तिहरूको उपस्थितिमा एकल तथा जिल्लाको तर्फबाट विभिन्न अभ्यास, सांगितिक लगाएतका कार्यक्रम प्रर्दशनपछि सहभागि विद्यार्थीलाई प्रमाणपत्र र सम्मान गरेर विदाई गरिन्छ। यसअगाडी म्याग्दीको बेनी सामुदायिक मावि, जामुनाखर्क मावि र प्रकाश माविमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

विज्ञापन