म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालयको पुननिर्माणका लागि जापानबाट आर्थिक सहयोग गरिएको छ । गतबर्षको भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीले दुर्लेखर्क्स्थित रितुङ माविको तीनवटा भवनको सातकोठा बगाएपछि पुननिर्माणमा सघाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले दुई लाख ३३ हजार २२२ रुपैयाँ मंगलबार गलेश्वरमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अधिवेशनको अवसरमा प्रमुख जिल्ला अधिकारी ज्ञानाथ ढकाल र क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले विद्यलायका प्रअ खिमबहादुर छन्त्याललाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयको माथिल्लो क्षेत्रबाट आएको बाढीले विद्यालयसँगै स्थानीयको घर, सामुदायीक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत र मन्दिरमा क्षत्ती गरेको थियो।

विद्यालयको भवन बगाएपछि अस्थाई टहरा निर्माण गरेर पढाई सञ्चालन गरिएको थियो । विद्यालयको पुननिर्माणका लागि यसअगाडी समेत विभिन्न देशमा बसोबास गर्ने स्थानीयले आर्थिक सहयोग गरेका थिए । यसैबीच मोना जापानका अध्यक्ष दिपक कार्कीले सहयोगलाई पूननिर्माणमा खर्च गर्न अनुरोध गरेका छन् । उनले भविस्यमा पनि जिल्लामा सामुदायिक विद्यालयमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।