बिहीवार विभिन्न समुदायको चाडपर्व रहे पनि सार्वजनिक बिदा नरहेको तर धर्म संस्कृति मान्ने समुदायका लागि बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने,‘बिहीवार कुनै पनि सार्वजनिक बिदा छैन, धर्म संस्कृतिअनुसार सम्बन्धित समुदायले बिदा पाउने छन् ।’ यो खबर गोरखापत्र दैनिकमा छ ।  बिहीवार नेवार समुदायको यःमरी पुन्ही (ज्यापु दिवस) र किराँत समुदायको उधौली पर्व परेका छन् ।

विज्ञापन