चिसो मौसममा प्रायजसो हामीले कफी खान मन पराउँछौं । यसरी कफीको सेवन गर्नाले स्वास्थ्यलाई फाइदा पनि गर्छ ।

पन्ध्रौं शताब्दी ताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिसकेको छ । केही वर्षयता घरमा मात्रै होइन कुनै क्याफेमा बसेर कफीको चुस्की लिँदै आफ्ना मिल्ने साथीहरुसँग घन्टौं गफिने चलन पनि बढेको छ ।

कफीका पारखीहरुलाई नै मध्यनजर गरि खोलिएका क्याफेहरुमा कफीका विभिन्न भेराइटीहरु उपलब्ध हुन्छन् । क्यापेचिनो, क्याफेलाट्टे, अमेरिकानो, एस्प्रेसो लगाएतका भेराइटीहरु नेपालमा धेरै लोकप्रियय छन् ।

कफी पिउनुका फाइदाहरुः

  • कफीले काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसको सेवनबाट स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा हुन्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन ।
  • कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा पनि कफीले राम्रो गर्ने अध्ययनहरुले देखाएका छन् ।
  • यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।
  • हालसालै गरिएको एक अध्ययन अनुसार हरेक कप कफीले तपाइर्ंलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।
  • कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।
  • नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ । (एजेन्सीकाे सहयाेगमा )

Leave a Reply