जिल्लाको पहिलो निजी विद्यालय लोकदिप आवासीय माविकी दिपा आचार्यले अभिभावकले दिएको खाजा खर्च कटाएर जम्मा गरिन् । कुनैबेला घुम्दै जाँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीको अवस्थामा बारेमा जानकारी पाएकी आचार्यले साथीहरूलाई समस्यामा बारेमा जानकारी गराउनु अगाडी नै खाजा खर्चलाई जम्मा गरेकी थिईन् ।

फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले आचार्यकै नेतृत्वमा रहेको युवा रेडक्रस सर्कलले समेत सोही अभियानमा साथ दिए । अभिभावकले खाजाका लागि उपलब्ध गराएको पैसा जम्मा गरेर विद्यार्थीले बेनी नगरपालिका–५, बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षाका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

‘खाजा खर्च घटाएर हामीले सहयोग गर्ने निर्णय ग¥यौ,‘विद्यार्थीलाई सहयोग गर्दा निकै आनन्द महसुस भएको छ’ युरेशका अध्यक्ष दिपा आचार्यले भनिन् । विद्यार्थीले अन्य कार्यक्रममा समेत आफ्नै खर्च तथा विद्यालय र अभिभावकलाई समेत साथमा दिएर सहयोग गर्ने गरेका छन् ।

सोही अवसरमा बालजागृतिका प्रधानाध्यापक भक्तबहादुर कार्कीले विद्यार्थीको सहयोगले नयाँ सन्देश प्रवाह गरेको बताए । उनले अन्य संघसंस्था र ब्यक्तिले सहयोग गर्ने गरेको अवस्थामा विद्यार्थीले अभिभावकले दिएको सहयोगलाई स्रोत कक्षाका ३० जना बालबालिकालाई सात हजार रुपैयाँ मूल्य बराबरको कापी, कलम, पेन्सील, इलेजर आदी शैक्षिक सामग्री सहयोग गरेको बताए ।सहयोग हस्तान्तरण कार्यक्रममा लोकदिप आवासीय माविका प्रधानाध्यापक ज्ञानेन्द्र सुबेदीले शिक्षासँगै ब्यवहारिक तथा सामाजिक कार्यमा समेत विद्यार्थीकोसक्रियता रहेको बताए ।

बि.श २०४१ सालमा स्वर्गीय ओमबहादुर बोगटीले स्थापना गरेको विद्यालयले विभिन्न समयमा रचनात्मक कार्यहरु गदैं आइरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक नायक कृष्ण विश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो । बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सरकारी अनुदान अपुग भएपछि विभिन्न क्षेत्रबाट सहयोग लिदै आइरहेको छ ।