नेपाल विद्यार्थी संघ, म्याग्दीमा लामो समयपछि नेतृत्व पाएको छ । विहिबार बेनीमा सम्पन्न भएको १२ औँ जिल्ला अधिवेशनबाट निर्मल खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम चोखाल निर्विरोध चयन भएका छन् । त्यस्तै समितिको सह–सचिवमा दिनेश विश्वकर्मा, आशिक भण्डारी, सविना बरुवाल, सह–कोषाध्यक्षमा सिजन शाही, छविलाल बुढा रहेका छन् ।

समितिको सदस्यहरूमा सविना मल्ल, कृष्ण परियार, बिक्रम आचार्य, मनप्रसाद श्रीपाली, सुर्दशन हमाल, राम पौडेल, एस्पिला बानियाँ, सपाना परियार, प्रोजन घिमिरे, विवस केसी, अभिनाष श्रेष्ठ, एलिजा राना, सनम बुढा,जुना बस्याल, हेम घर्ति मगर, पार्वती पुन, रजनी शाही, कृष्ण बिनियाँ, इन्द्र विश्वकर्मा, तलिता रसाईली, निशा खत्री, गणेश रिजाल र विवेक चन्द रिजाल रहेका छन् ।

केहीबर्षदेखिको नेतृत्वविहिन नेविसंघका कारण सांगठानिक गतिविधि कमजोर भइरहेको अवस्थामा नयाँ कार्यसमितिले प्रभावकारी काम गर्ने नवनिर्वाचत अध्यक्ष खत्रीले बताए । उनले बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार सहितका कार्यक्रमहरुलाई आगामी पुस महिना देखिनै सञ्चालन गर्ने बताए ।

अधिवेशनको उद्घाटनमा पार्टी सभापति खमबहादुर गर्बुजा, संविधानसभाका सदस्य रेशम बहादुर बानियाँ, पूर्व सह– सभापती नेत्र महत, सह–सभापती माधव रेग्मीले कार्ययोजना सहित संगठनलाई मजबुद बनाउन विद्यार्थीलाई निर्देशन दिए । नयाँ कार्यसमितिको पहिलो बैठकले जिल्लाभित्रका सबै स्थानीय तहमा संगठन विस्तार सहित रचनात्मक कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ ।