बेनी सामुदायिक माध्यामिक विद्यालयमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी कोष स्थापना गरिएको छ । शैक्षिक गतिविधि बाहेक खेलकुद, सांस्कृतिक कार्यहरुमा समेत विद्यालयलाई जिल्लामै अब्बल बनाउने उद्देश्यले तिहारमा देउसीभैलो मार्फत संकलन गरिएको ७ लाख ६२ हजार १८८ रुपैयाँ अतिरिक्त क्रियाकलामा खर्च गर्ने विद्यालयले जनाएको छ ।

बिहिबार एक कार्यक्रम गरी कलाकार सम्मान सहित कोषका बारेमा जानकारी गराइएको छ । खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी देउसीभैलो मार्फत बेनीबजारमा ५ लाख १६ हजार ५३६ रुपैयाँ, विद्यालयका विब्यस, शिअ संघ, सल्लाहकारबाट १ लाख ९ हजार ७६, शिक्षक तथा कर्मचारीबाट १ लाख ३६ हजार ५७६ रुपैयाँ संकलन गरिएको शिक्षक सचिन शाक्यले बताउनुभयो।

कार्यक्रममा विद्यालयबाट विदाई भएका शिक्षक प्रकाश सुबेदी, गंगादेवी ढुंगाना राजेन्द्र खत्रीलाई र सुवास सुबेदीलाई विब्यस अध्यक्ष नारायण कार्की, पुर्व बिब्यस अध्यक्ष एवम् सल्लाहकार याम शाक्य, शिअसंघका अध्यक्ष कृष्णबहादुर बानियाँले स्वागत तथा विदाई गर्नुभएको थियो । कार्यक्रममा १९ जना कलाकारलाई सम्मान तथा ट्रयाक वितरण गरिएको थियो ।

बिब्यस अध्यक्ष कार्कीको अध्यक्षता, प्रअ दिपक श्रेष्ठको स्वागत, शिक्षक चन्द्रकला किसानको मन्तब्य र शिक्षक टिकानाथ पौडेले सञ्चालन गर्नुभएको थियो । विद्यालयलमा खेलकुद क्लवको अध्यक्षमा विजय छिनाल र सांस्कृतिक क्लवको रिया रोकाले नेतृत्व गर्नुभएको थियो । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको थियो ।