यहाँका एक शिक्षाप्रेमी दम्पत्तीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयको पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् ।म्याग्दीको धवलागिरी गाउँपालिका–७,धारापानीका समाजसेवी लालबहादुर रानाको ९० औं र श्रीमति नरदेवी रानाको ८५ औं जन्मोत्सवको अवसरमा किसानी मावि धारापानीमा सञ्चालित पुस्तकालयलाई १ लाख १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

शिक्षासँगै गाउँको विकास निर्माण तथा सामाजिक अभियानमा निरन्तर सहयोग गदैं आउनुभएका राना दम्पत्तीले विद्यालयमा छोराबुहारी उमेश र चन्द्र रानाको उपस्थितीमा विद्यालयले आयोजना गरेको स्वागत तथ सम्मान कार्यक्रममा सहयोग हस्तान्तरण गर्नुभएको शिक्षक बिष्णु कार्की क्षेत्रीले जानकारी दिनुभयो । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको प्राविधिक ब्यवस्थापनमा विद्यालयमा स्थापना भएको पुस्तकालयलाई यसअगाडी मोना यूकेका पुर्व अध्यक्ष समेत रहेका उमेश रानाले बुबाआमाको नाममै ३ लाख सहयोग गर्नुभएको थियो ।

त्यस्तै विद्यालयले २०६५ सालमा सञ्चालन गरेको महायज्ञमा समेत १ लाख ४५ हजार ५५५ सहयोग गर्नुभएको थियो । सहयोगदाता राना परिवारलाई विद्यालयले पञ्चेबाजा सहित गाउँमा भब्य स्वागत तथा सम्मान गरेको थियो । सोही अवसरमा विद्यालयलाई शैक्षिक साम्रागी खरिद गर्न १० हजार सहयोग गर्नुभएको थियो । यसैबीच सोही अवसरमा समाजसेवी फटबहादुर खत्रीलाई ३५ हजार ५५५ सहयोग हस्तान्तरण गर्नुभयो । सम्मान कार्यक्रममा उमेश पुनले मन्तब्य राख्नुभएको थियो । अध्यक्षत बिब्यस अध्यक्ष किरण थापा, स्वागत मन्तब्य शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर खत्री र शिक्षक क्षेत्रप्रताप जिसीले गर्नुभएको थियो ।

विज्ञापन