साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा ६ बर्षदेखि जेल सजाग भोगिरहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई घर फिर्ती अभियानमा मोना दक्षिण कोरियारले ७१ हजार २ सय आर्थिक सहयोग गरेको छ । मोनाका कोरियाका अध्यक्ष कृसन शेरञ्चुरीले उक्त सहयोग मोना आइसीको नाममा गरिका विकास बैंक बेनी शाखामा रहेको खातामा रकम जम्मा गरिएको बताए ।

कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी पुगेका निउरे कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा हत्याको अभियोगमा जेलमा परेका थिए । मोना आइसीको अभियान अन्तरगत उक्त सहयोग पठाइएको अध्यक्ष सेञ्चुरीले बेनीअनलाइनलाई बताए । उनले आर्थिक सहयोगमार्फत जेलमा रहेका निउरेको घरफिर्ती अभियानमा सहज हुने अपेक्षा गरे ।

तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेको फिर्ती अभियानलाई प्रभावकारी बनाउन समेत अपिल गरिएको थियो । निउरे घाईतेलाई बोकेर अस्पतालमा लैजाने क्रमा फिंगर प्रिन्टलाई आधार मानेर प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेको त्यहाँ रहेका म्याग्देलीको भनाई छ । बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए ।

विज्ञापन