चिसो बढेसँगै म्याग्दीको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै भएको बर्षाले धवलागिरी गाउँपालिका–१, गूर्जामा हिमपात भएको छ । गूर्जाका स्थानीय टेक बहादुर छन्त्यालका अनुसार गाउँमा हिउँ पर्न थालेपछि शुक्रबारको घरका पुजाका लागि मन्दिरसम्म जानुपर्ने स्थानीयले घर भित्र पूजा गरेका छन् ।

गूर्जाका छन्त्यालहरुले आज कुल पूजालाई घरका पूजा समेत भन्ने गर्दछन् । गूर्जामा विस्तारै बाख्लो हिमपात हुन थालेको स्थानीयले बताएका छन् । त्यस्तै गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा समान्य हिमपात भइरहेको जनाइएको छ । धवलागिरीसँगै मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने चिसोले जनजीवन प्रभावित भएको छ ।

उच्च लेकाली क्षेत्रमा सोमवार रातीदेखिक हिमपात हुँदा डाँडापाखाहरु विस्तारै सेताम्ये हुन थालेका छन् । यस वर्ष पहिलो पटक हिमपात हुँदा कृषक र पर्यटकहरु रमाए पनि बृद्धबृद्धा,बालबालिका र पशुचौपायाँलाई भने सास्ती भएको छ । लामो समयको खडेरीपछि पानीसँगै हिउँले परेपछि कृषकहरु खुसी भएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबजारस्थीत न्यूरोड । तस्वीर भुपेन बानियाँ