सुवास आचार्य
बागलुङ,मंसिर २७
पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजित गौमहोत्सवमा ३ कडोड २४ लाख ३१ हजार ७ सय ९० नगद संकलन भएको छ ।  सहयोद दाताहरुले वैकमा समेत सहयोग पठाएको र विभिन्न व्यक्तिद्धारा सहयोग रसिद मार्फत सहयोग शंकलन भैरहेकोल अन्तीम विभवरण तयार भैनसकेको महोत्सव सचिवालयले जनाएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा ९ दीन समम सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवमा विभिन्न दाताले करोडौको भौतीक संचारचना वनाउने प्रतिवद्धता जनाएका छन् ।

धाईरिङमा १५ देखि २५ कोठाका दुई छुट्टाछुट्टै आश्रमहरु निर्माण गरिने भएको छ । मार्कण्डेय आश्रमका नेपाली काँग्रेसक कन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र गर्गाचार्य आश्रमका लागि एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यलाई संयोजक तोकिएको छ ।

धाईरिङमा आयोजित गौमहोत्सवको अवसरमा मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यद्वारा जोशी र आचार्यलेलाई दुई आश्रम निर्माणका लागि संगयोजकमा गरिएको प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो । जलजलाको कालञ्जर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई विश्राम गर्न सजिलो होस भन्ने अभिप्रायले दुई आश्रमहरु निर्माण गर्न लागिएको स्वामी कमलनयनाचार्यले जानाकारी दिनुभयो ।

उहाँले पर्वत जिल्लामा लामो समय जनप्रतिनिधि भएर काम गरेर र केन्द्रमा समेत विशिष्ठ पहुँच भएको व्यक्ति भएकोले काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा मात्रै मार्कण्डेय आश्रम निर्माण गर्न सकिने र विश्वभरिका नेपालीहरुसँग पहिचान भएकाले एनआरएनका पूर्व उपाध्यक्ष कुल आचार्यलाई गर्गाचार्य आश्रमको निर्माणका लागि जिम्मा लिइदिन आफूले आग्रह गरेको वताउनु भयो ।

मुक्तिनाथ स्वामीको प्रस्तावलाई स्वीकार गरेर आश्रम निर्माणका लागि आफूले सरकार र अन्य दाताहरुसँग पहल गर्ने काँग्रेस नेता जोशीले जानाकारी दिनुभएको छ । उहाँले धर्मले समाज र राष्ट्रलाई एकताको सुत्रमा जोड्ने वताउँदै यस्ता धार्मिक कर्महरुबाट आम नागरिकहरुका सामुहिक सद्भावको वृद्धि हुने दावी गर्नुभयो । त्यस्तै ५ सय गाई पाल्न मिल्ने गौशाला निर्माणको लागी जलजला गाउपालिका र काडमाण्डौ निमावसी रवि केसी लाई स्वामी नयनाचार्यले जिम्मेवारी दिनु भएको महासचिव जगन्नथा आचार्यले वताउनु भयो ।

गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको हो । महायज्ञ एवम् महोत्सवबाट संकलन भएको रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । गौशालामा एकहजार गाई पाल्ने गरी वृहत गौशाला निर्माण गर्ने लक्ष्य रहेको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

महोत्सवमा स्वामी कमलनयन आचार्य, सुदर्शन बराल लगायत पण्डितहरुले धार्मिक प्रवचन गर्नु भएको थियो । प्रत्येक दिन साझपख गंगा आरती र बेलुका भजनकृतन गरिएको थियो । स्वामी आचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।