(शब्द÷ हरिकृष्ण गौतम र तस्वीर÷किरण सापकोटा)
शनिबार विहान सुर्योदय हुदाँ टोड्कमा परेको हिउँ सुन जस्तै टल्किएको थियो । नजिकै धौलागिरि हिमाल चाँदी जस्तै टल्केको दृष्यलाई जामुनाखर्क माविका शिक्षक किरण सापकोटाले नजिकबाट अवलोकन गरे । विद्यालयका शिक्षकस्टाप भ्रमणमा टोड्के पुगेको टोलीले यो सिजनकै पहिलो हिमपातले टोड्केलाई छपक्कै छोपेको दृष्य हेर्ने अवसर पाएका छन् । अग्लो डाँडाबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको लामो लर्कन देखिन्छ । आसपासमा लालीगुँरासको ठूलो जंगल छ ।

टोड्के रिर्सोटको छेउछाउमा सयपत्री फुललाई समेत हिउँले छोपेको छ । म्याग्दीको सदरमुकाम बेनीबाट छोटो दुरीको घुम्ने पर्ने गन्तब्यको सूचीमा राख्ने गरेकाले पनि टोड्केलाई ग्रामिण पर्यटनको हिराको रुपमा समेत चिनिने टोड्केमा बाख्लो हिमपात भएको छ । १२ महिनै आन्तरिकको लर्को तथा फाटफुट विदेशी पर्यटक घुम्न जान्छन् ।

फागुन, चैत्र र बैशाख महिनामा वनपाखाहरुमा राता, गुलावी र सेता रङ्का साथै विभिन्न १९ प्रजातिका लालीगुराँसले ढकमक्क छोपिने टोड्के पुस र माघ महिनामा हिउँको घुम्टोभित्र हुन्छ। विभिन्न प्रजातिका लालीगुराँस र सेताम्मे हिमपात टोड्केको पहिचा नै हो । बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के २ हजार ५ सय मिटर उचाइमा अवस्थित टोड्केको प्राकृतिक सून्दरताको जति बख्यान गरेपनि सकिदैन् ।

जिल्लाकै एउटा आर्कषक गन्तब्यको रुपमा चिनिएको टोड्केको सुन्दरता शनिबार थप झल्कियो। लस्करै हिमालमा हिउँ हेरेर फर्किने गरेका पर्यटकहरु शनिबार टोड्केको आगनमै हिउँमा रमाएको जामुनाखर्क मावि अर्थुङेका अर्का शिक्षक प्रकाश सुबेदीले बताए । ‘टोड्केको सुन्दरतामा हिउँले थप चिटिक्क पारेको छ’ सुबेदीले भने । गतबर्ष समेत हिमपात भएको थियो ।

टोड्केमा बाख्लो हिमपात भएको जानकारी पाएपछि विदाको समय सदुपयोग गरेको आज त्यहाँ पुग्नेको भीड लाग्ने छ । अधिर्कांस ग्रामिण बस्तीमा हिमपात हुदाँ सदरमुकाम बेनीबाट सवारीसाधनमा हिँउ खेल्न ठूलै समुह टोड्के पुग्छन्। प्रसिद्ध मालिका मन्दिरमा जाने तथा सदरमुकाम बेनीबाट पदमार्गले मालिका, बिम हुदै धौलागिरी पदमार्गको रुपमा समेत विकास भइरहेको टोड्केले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्क्षित गर्न सक्ने टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले बताए । उनका अनुसार टोड्केलाई पश्चिम म्याग्दी र राहुघाट क्षेत्रका पर्यटकीयस्थलमा जाने हब बनाउन सिजनमा पर्ने हिमपातले समेत सघाइरहेको बताए ।

टोड्के प्यूठान जिल्लाको स्वर्गद्धारी आश्रमको शाखा समेत भएकाले धार्मिक पर्यटकको प्रचुर सम्भावना छ । टोड्कका जंगलमा पाईने कालिज,बँदेल, मृग गाएतका बन्यजन्तु र चराचुरुङीको आवाजले समेत साँझपक फरक अनुभुती हुन्छ । टोड्केमा सदरमुकाम बेनीबाट विभिन्न पाँचवटा सवारीसाधन चल्ने रुट र बेनी हुलाकचोकबाट करिव ५ घण्टाको पैदलयात्रामा पुलाचौर, गाजने हुदै जंगलभित्रबाट यात्रा गर्न सकिन्छ ।