बेनी–जोमसोम–कोरला सडकको गुईठेभीरमा सुख्खा पहिरोले यातायात अवरुद्ध भएको छ । सदरमुकामदेखी २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुईठेस्थित भीरमा झरेको पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएपछि नियमित सञ्चालनमा आउन दिनभरी लाग्ने सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए । ‘सुख्या पहिरो खसेपछि सडक अवरुद्ध भएको छ,‘सिधा सञ्चालनका लागि अवरुद्ध पन्छाउने काम भइरहेको छ’ शेरचनले बेनीअनलाइनलाई भने ।

भिरालो जमिन कमजोर भु–वनावटका कारण गुईठेमा पटकपटक पहिरोले समस्या निम्त्याउने गर्दछन् । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकको चमेरे, बैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, गुईठे, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा वारम्वार पहिरोले सास्ती दिने गरेको छ ।स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएकाले समेत समस्या हुने गरेको छ । गतबर्ष समेत गुईठेमा विष्फोटक पर्दाथको प्रयोग गरी अवरुद्ध भएको तीनदिनपछि सडक सञ्चालमा ल्याइएको थियो ।

विज्ञापन