चौथो होराइजन फाइभ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवासीय माविले हात पारेको छ । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको न्यू होराइजन आवासीय माध्यामिक विद्यालयले बृहत खेलकुद सप्ताह अन्तरगत आयोजित प्रतियोगितामा बेनी आवासीय माविलाई १ का बिरुद्ध ५ गोल गर्दै उपाधी चुम्न सफल भएको हो ।

शनिबार विद्यालय प्राङ्गनमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको न्यू वेष्ट प्वाइन्टलाई १ गोल गदैं बेनी आवासीयका खेलाडीले पच्छाइरहेको अवस्थामा दोस्रो हाफमा न्यू वेष्ट प्वाइन्टका खेलाडीले लगातार दवावमा राख्दै प्रतियोगितामा थप तीन गोल प्रहार गरेका थिए । प्रतियोगितामा जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विजेतालाई रनिङ कप, २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतियोगितामा अनुशासित टिम विद्याज्योती मावि मल्लाज, उत्कृष्ट खेलाडी तथा सर्वा्िधक गोलकर्ता वेष्ट प्वाइन्टका मनिष श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक दिपेन राई, उत्कृष्ट गोलरक्षक धौलागिरी मावि सिंगाका विशाल विकलाई ट्रफी वितरण गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा म्याग्दी जेसीजका निर्वतमान अध्यक्ष कमल विश्वकर्मा, पर्वत ब्याब्सनका सचिव बिमल पौडेल र सञ्चालक समितिका अध्यक्ष दलबहादुर जिसीले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता स्पोर्टस् क्लवका अध्यक्ष विवोध केसी र सञ्चालन प्रधानध्यापक अर्जुन पौडेलले गर्नुभएको थियो । खेलकुद सप्ताह अन्तरगत विद्यार्थीका विभिन्न ३१ विधा र अभिभावकको १२ वटा विधाका खेल सञ्चालन गरिएको थियो । प्रतियोगितामा म्याग्दी र पर्वतका २० टिमको सहभागिता रहेको थियो ।