बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई खाता खोल्न आकर्षण गर्न निशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रूपमा प्रस्तुत भएको छ । बैंकहरूले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन् । तर निक्षेपकर्ताले दाबी नपाएको गुनासो गरेपछि समितिले निर्देशननै जारी गरेको हो ।

‘बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीगितग मार्गदर्शन, २०७६’ जारी गर्दै बिमा समितिले बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना निक्षेपकर्ताहरूको बिमा गर्दा सम्पूर्ण व्यक्तिगत विवरण बिमा कम्पनीहरूलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै बिमकले विभिन्न संस्थासँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै निर्ने भएमा यसको बिमा प्रिमियम शुल्क ‘संस्था स्वयंले तिर्नुपर्ने’ भन्ने सूचना दिनुपर्ने छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

विज्ञापन