नेपाली कांग्रेस मालिका गाउँपालिकास्तरीय प्रथम अधिवेशनबाट खिम बहादुर पुनको सभापतित्वमा कार्य समिति चयन भएको छ । समितिका उपसभापतिमा पिपला बुढा, हिमाल गुरुङ, सचिवद्धय लोक पुन, तारा रोका, कोषाध्यक्ष विरेन्द्र किशान, सहसचिव अमृत सापकोटा, आशा विक लगाएत गाउँपालिका भित्रका ७ वटै वडालाई समेटेर कार्यसमितिको सदस्य चयन गरिएको छ ।

प्रथम अधिवशेनबाट निर्वाचित पदाधिकारीले सातवटै वडालाई समेटेर ५० सदस्यीय कार्यसमिति सदस्य चयन गर्ने सभापति पुनले बताए । उनले गाउँपालिका भित्र राजनीतिक गतिविधिसँगै रचनात्मक गतिविधिमार्फत जनताको मन जित्ने गरी काम गर्ने बताए ।

यसैबीच मंगला गाउँपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा नरसिंह बहादुर केसी, उपसभापति दिलबहादुर किसान, सहसभापति सर्मिला थापा खाती, सचिवद्धय श्रीराम पौडेल, नरबहादुर पुर्जा, कोषाध्यक्ष दिल पाईजा र सहकोषाध्यक्षमा छविलाल सापकोटा सहित २८ सदस्यीय कार्यसमिति चयन भएको स्थानीय मुक्ति केसीले जानकारी दिए । प्रथम अधिवेशबाट कुहुँ, बावियाचौर, बरंजा र अर्मन गरी पाँचवटा वडालाई समेटेर सदस्यलाई थप गर्ने सभापति केसीले जानकारी दिए । प्रथम अधिवेशनमा जिल्लाबाट तोकिएका प्रतिनिधिहरुका साथै स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।,

विज्ञापन