हरियाली ग्रुपको प्रथम साधारणसभाबाट चिनिमैया श्रेष्ठ (सुजाता) पुनः को अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । सञ्चालक समितिका सदस्यहरुमा शेरबहादुर केसी, हरि भण्डारी, दुर्गाबहादुर थापा, धनलाल जैसी, मनप्रसाद कडेल र देवीप्रसाद पौडेल रहेका छन् । बेनी नगरपालिका–४, सिंगा र आगेबगरमा ९ करोड ११ लाख रुपैयाँ लगानीमा प्रविधिमैत्री नयाँ मोडलको कृषि फार्म स्थापनाको साधारणसभाको जग्गाधनी किसानी दुधदेवी पाध्याले उद्घाटन गर्नुभयो ।

जग्गाधनी कृषक र लगानी कर्ताहरु मिलेर संचालन गरिएको हरियाली मोडेलको बारेमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले जानकारी गराएका थिए । २०७५ मंसिर देखि कार्यान्वयन भएको परियोजनामा १३ करोड लगाानी पु¥याउने लक्ष्य रहेको छ । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ । २० जनाले १ करोड ९५ लाख लगानी र ३४ जना कृषकको १ सय ५० रोपनी जग्गा भाडामा लिएर फार्म सुरु गरिएको हो ।

२०७६ जेठबाट उत्पादित बस्तु विक्रि गर्न सुरु गरेको हरियाली फार्मले गत आर्थिक बर्षको जेठ र असारको दुइमहिनाबाट २६ लाख १० हजार आम्दानी गरेका थिए। साउनदेखि मंसिर २४ गतेसम्म तरकारी ८ लाख ७४ हजार, कुखुरा ६१ लाख ६६ हजार, माछा २ लाख ६८ हजार, पुष्प ४८ हजार, अण्डा १३ लाख २७ हजार र अन्य ३ लाख ९५ हजार सहित ९० लाख ८२ हजारको बस्तु उत्पादन गर्दै फार्मबाट विक्रि गरेको सभामा जानकारी गराइएको थियो ।

साधारणसभामा संबिधान सभाका सदस्य गोविन्द पौडेल र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, भेटेनरी हस्पिटल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुम, कृषि ज्ञान केन्द्रका अधिकृत गोविन्द पाण्डे र प्रधानमन्त्री कृषि आधुनिकरण कार्यालय म्याग्दीका सुर्यप्रसाद बरालले मन्तब्य राखेका थिए । विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामुहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकहरुको ‘आमुल’मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म संचालन गरिएको ग्रुपले जनाएको छ ।

विज्ञापन