म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १३ औं स्थापना तथा संस्थापक अध्यक्ष हिराबहादुर केसीको १० औ स्मृति दिवसको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वर आश्रममा बस्ने बृद्धबृद्धालाई सहयोग गरेको छ । बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित आश्रममा बसोबास गर्ने बृद्धबृद्धा, कर्मचारी, शालग्राम बेद संस्कृत विद्यालयका विद्यार्थीलाई भोजनका लागि करिब १६ हजार बराबरको खाद्यान्न वितरण गरेको सहकारीका अध्यक्ष लिलाराम गौतमले बताए।

कार्यक्रममा अन्न क्षेत्रका अध्यक्ष एवम् का गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले ज्यान हुदाँसम्म छोराछोरी हुर्काउने र पढाउने मातापितालाई उमेर ढल्केपछि साहरा दिनुपर्नेमा अपहेलित भएर आश्रममा रहेकालाई ब्यक्तिगत तथा संस्थागत सहयोगले सहज भएको बताए ।

छोराछोरीको अप्रिय ब्यवहारले यहाँ आउनुभएका बृद्धबृद्धालाई सबैको सहयोग आवश्यकता छ,‘सहयोगबाटै उहाँहरुलाई भोजनको सुविधा मिलेको छ’ पराजुलीले भने । बृद्धबृद्धा बसोबास गर्ने आश्रममा ब्यक्तिगत र संघसंस्थाबाट प्राप्त भएको सहयोगले भोजनमा सहज भएको बताए। आश्रममा गलेश्वर, मुक्तिनाथ लगाएतका तिर्थयात्रामा जाने भक्तजनहरूलाई समेत निशुल्क भोजन सहित बस्ने ब्यवस्था रहेको बताए । कार्यक्रममा सहकारीका सञ्चालक समिति, सल्लाहकार, सेयरसदस्यको उपस्थिती रहेको थियो ।

विज्ञापन