न्यु वेष्ट पोइन्ट आवासीय माविको युवा रेडक्रस सर्कलले आयोजना गरेको जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा बेनी नगरपालिका वडा नं ९ गलेश्वर बजारमा अवस्थित गलेश्वर आवासीय मावि प्रथम भएको छ। सामाजिक शिक्षा बिषयगत प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावि दोश्रो र लोकदीप आवासीय मावि तेश्रो भएको छ ।

श्रब्य, दृश्य र अन्य चलन चल्तीका राउण्ड संगै माइ ब्याग राउण्ड समावेश गरेर प्रतियोगिता संचालन गरिएको विद्यालयको मिडिया हवले जनाएको छ ।प्रतियोगिताम प्रथम द्वितीय र तृतीय हुनेले क्रमश ८ हजार, ५ हजार र ३ हजार नगद, उपहार र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ, मालिका गाउँपालिकाको दरबाङ ईलिस बोर्डिङ सहित १३ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगिताको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति लेखबहादुर हमालले उद्घाटन गरेका थिए । जिल्लामा पहिलो पटक सामाजिक बिषयमा संचालन गरिएको विद्यालयले दावी गरेको छ । कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, विद्यालयका भाइस प्रिन्सिपल सरोज लकान्द्री युरेस शिक्षक नायक रुपेश कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दीप्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ संस्थापक निर्देशकहरु सुवासकुमार श्रेष्ठ हरिकृष्ण श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, विद्यालय ब्यबस्थापन समितिका सदस्य इन्द्र प्रसाद सुबेदी शिक्षक अभिभाबक संघका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । युरेसका सचिव शिर्षक श्रेष्ठको संचालन विद्यालयका प्रिन्सिपल डीबी दाहालको स्वागतमन्तब्य र युरेसका अध्यक्ष दीपशिखा किसानको अध्यक्षताम ाकार्यक्रम सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।