सहकर्मी हत्याको अभियोगमा साउदी अरवमा जेल सजाय भोगिरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे घर फिर्ती अभियानमा मोना यूएईले डेढलाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा ६ बर्षदेखि जेल सजाग भोगिरहेको समाचार सार्वजनिक भएपछि निउरेलाई बरिष्ठ उपाध्यक्ष विक्रम अधिकारीको संयोजकत्वमा सुशीला केसी, बुद्धिमायाँ गौचन राम्जाली र प्रकाश कार्की सदस्य रहेको समिति बनाएर आर्थिक संकलन गर्न तिब्रता दिएको मोना यूएईले १ लाख ६६ हजार ३४० रुपैयाँ आर्थिक संकलन गरेको महासचिव सुवास राम्जालीले जानकारी दिए । समितिको सदस्यमा उनका अनुसार निउरे घरफिर्ती अभियानमा ६५ जनाले सहयोग गरेका छन् ।

मृतकका परिवारले माग गरेको रकम उपलब्ध गराएपछि आवश्यक कागजात समेत दुतावासमार्फत पठाइएको छ । कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी पुगेका निउरे कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा हत्याको अभियोगमा जेलमा परेका थिए ।

निउरे घाईतेलाई बोकेर अस्पतालमा लैजाने क्रमा फिंगर प्रिन्टलाई आधार मानेर प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेको पाँचबर्षपछि मात्रै परिवारले जानकारी पाएका थिए । बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए ।