एकल महिला म्याग्दीकी अभियान्ता विमला गौचनलाई ब्रहकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण म्याग्दीले सम्मान गरेको छ । सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भारतको नयाँदिल्लीमा आयोजित समारोहमा डा. भिमराव अम्बेडकर एक्सिलेन्सी सर्भिस अन्तर्राष्ट्रिय अवार्ड–२०१९ बाट सम्मानित भएकी गौचनलाई सोमबार केन्द्रकी प्रमुख रिना दिदीले सम्मान गर्नुभएको हो ।

‘जीवन उपयोगी शिक्षाले ब्यक्तिसंगै समाज समेत परिवर्तन हुन्छ । शिक्षालाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ’ प्रमुख रिनाले भन्नुभयो । सम्मान कार्यक्रममा केन्द्र प्रमुख रिना दिदीले मानसिक,चारित्रीक र आधात्मिक ज्ञानले मानव जिवनमा आवश्यकता रहेको बताउनुभयो । सोही अवसरमा सम्मानित गौचनले ईश्वरीय ज्ञानले दैनिक जिवनमा अनुसरण गरी शान्ति कायम गर्न सकिने बताउनुभयो । २०६० सालमा स्थापना भएको केन्द्रले उपलब्ध गराउँदै आएको ज्ञानप्रति सर्वसाधारणको आर्कषण बढ्दै गइरहेको छ । म्याग्दी जिल्लामा कार्यक्षेत्र रहेर केन्द्रबाट कोर्ष गरी विभिन्न सम्मान प्राप्त गर्नेलाई केन्द्रले सम्मान गदैं आइरहेको छ ।