नेपाली काग्रेस म्याग्दीले म्याग्दीका पाँच वडा गाउँपालिकाका पालिका स्तरीय प्रथम अधिवेशनबाट समिति गठन गठन गरेको छ । बेनी नगरपालिका बाहेका सबै गाउँपालिकामा समिति गठन गरेको काँग्रेसले जनाएको छ ।मालिका गाउँपालिकामा खिमबहादुर पुनको सभापतित्वमा ५० सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको उपसभापतिमा पिपला बुढा, हिमाल गुरुङ, सचिवद्धय लोक पुन, तारा रोका, कोषाध्यक्ष विरेन्द्र किसान, सहसचिव अमृत सापकोटा र आशा विक रहनुभएको थियो।सातै वटा वडालाई समेटेर समिति बनाइएको कांग्रेसले जनाएको छ ।

यसैगरी मंगला गाउँपालिकामा नरसिंहबहादुर केसीको सभापतित्वमा २८ सदस्यीय कार्यसमिति गठन भएको छ । उपसभापति दिलबहादुर किसान, सहसभापति शर्मिला थापा खाती, सचिवद्धय श्रीराम पौडेल, नरबहादुर पुर्जा, कोषाध्यक्ष दिल पाईजा र सहकोषाध्यक्षमा छविलाल सापकोटा चयन हुनुभएको छ ।त्यस्तै रघुगंगा गाउँपालिकामा जिवन मल्लको सभापतित्वमा रघुगंगंगा गाउँपालिकाका कार्य समिति चयन गरेको ।

समितिको उपसभापतीमा गमान छन्त्याल, सचिवमा मन कुमार शेरञ्पुजा, सह–सचिव सिता खड्का सुवेदी, कोषाध्यक्षमा ओम कुमारी फगामी रहनुभएको समिति गठन भएको छ ।अन्नपूर्ण गाउँपालिकामा बेल बहादुर पुर्जाको सभापतित्वमा ३० सदस्यीय नेपाली काँग्रेस अन्नपूर्ण गाउँ पालिका स्तरिय समिति गठन भएको छ ।

समितिको उपभापतीमा अनिल हिराचन, क्या बल बहादुर तिलिजा, सचिवमा सुजन बरुवाल, सुरेन गुरुङ, कोषाध्यक्षमा सोम प्रसाद पुर्जा, सह सचिवमा सिता विक,कुम बहादुर पुर्जा रहेको गाउँपालिका समिति गठन गरिएको छ । त्यस्तै धवलागिरी गाउँपालिकामा प्रेम बहादुर पुनको सभापत्विमा २४ सदस्यीय धवालगीरी गाउँपालिका कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा राममया पुन, अम्मर ब. छन्त्याल सचिवमा नगेन्द्र भण्डारी रहनुभएको छ ।