नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रामशरण महतको स्वागतमा आयोजित कार्यक्रममा पार्टीभित्रको छलफलले पार्टीको प्रष्ट कार्यदिशा तय गर्ने बताउँदै यसलाई बहसका रुपमा लिनु पर्ने बताउनुभयो । कार्यकर्ता प्रशिक्षण तथा भेटघाटका लागि सोमबार बेनीमा आएका पूर्व अर्थमन्त्री महतले आगामी महाधिवेशनले गुटका पक्षधरलाई पत्तासाप बनाउने बताउनुभयो । पार्टी आन्तरिक विवादमा रुमलिएकाले प्रतिपक्षको भूमिकामा कांग्रेस रहन नसकेको महतले स्वीकार गर्नुभएको थियो ।

पार्टीको कमजोरीसँगै वर्तमान सरकारलाई समेत प्रहार गदैं दुईतिहाईको सरकारले अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको बताउँदै उपनिर्वाचनको परिणामले सत्तापक्ष झस्किएको बताउँदै कांग्रेसकै एजेण्डामा टेकेर कम्यूनिष्ट सत्तामा पुगेको आरोप लगाउनुभयो । भेटघाट कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापा लगाएतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा कांग्रेस म्याग्दीका निर्वतमान सभापति रेशम बहादुर बानियाँले केन्द्रिय नेताको गुटगत गतिविधिले पार्टी कमजोर भएको बताउनुभयो। आफ्नै पार्टीभित्र ब्यक्तिगत र गुटगत स्वार्थले पार्टी कमजोर भएको आरोप लगाउँदै गुट अन्त्य नगरे झनै कमजोर हुने अन्य बक्ताको भनाई थियो । ठूला दुई धुव्रका फरक धारबीच भएको एमाले र माओवादीबीच पार्टी एकतामार्फत नयाँ पार्टीको उदाहरण दिदै पार्टीभित्रको विवादलाई अन्त्य गरी एकताको सन्देश दिन सुझाव दिएका थिए । कार्यक्रमको अध्यक्षता सभापति खम्बीर गर्वुजा, स्वागत उपसभापति माधवप्रसाद रेग्मी र सञ्चालन सचिव मिनबहादुर कार्कीले गर्नुभएको थियो ।

विज्ञापन