बेनी नगरपालिका–६ बास्बोटकी हेमकुमारी पौडेलले वि.श २०५७ सालमा दुईवटा भैसी पाल्दा श्रीमान दुर्गाप्रसाद रोजगारीको सिलसिलामा भारत थिए । करिव एकदशक भारतमा विताएका पौडेलको तलब मालिकको मुडको भरमा निर्धारन हुन्थ्यो । सुन्दर र सुखी परिवारको सपना लिएर भारत पसेका पौडल फर्कने बेलामा रित्तै फर्किए ।

रोजगारबाट घर फर्किदा हेमकुमारीले भने घरायसी,अन्नपात संगै भैसीपालनलाई निरन्तरता दिइरहेकी थिईन् । भारतबाट फर्किएको केही महिना घरायसी काम गरेका पौडेल जागीर खोज्दै बेनीबजारमा ओर्लिए । बेनीको न्यूरोडमा रहेको बेनी आवासीय माविमा कर्मचारीको रुपमा करिव १३ बर्ष विताएपनि परिवार,बालबालिकाको शिक्षादिक्षा सहित घरखर्च चलाउन समेत मुस्किल हुन्थ्यो । करिव साढे दुईदशक उनले जागिरमा विताए पनि उपलब्धी खासै देखनन् ।

अर्काको घरमा मजदुरी गर्दा उपलब्धी नभएपछि भैसीपालनलाई अगाडी बढाउ हेमकुमारीले गरेको प्रस्तावलाई दुर्गाप्रसादले स्वीकार गदैं तीनवटा भैसीबाट ब्यवसाय सुरू गरेका पौडेल दम्पत्तीले पशुपालनबाटै रहरलाग्दो आम्दानी गरिरहेका छन् । अहिले दुईवटा गोठमा १५ वटा भैसी छन् । दैनिक ९० लिटर दुध बजारमा लैजाने गरेका पौडेलले बताईन् ।

‘अहिले दुधको बजार खुम्चिएको छ,‘मुल्य कम भएपनि भ्याईनभ्याई छ’ पौडेलले भनिन् ।उनका अनुसार श्रीमानले दुध विक्री गर्ने भएपनि घरमा आवश्यक अधिकांस काम आफ्नै प्रयासमा गर्ने बताईन् । एकजनालाई रोजगारी समेत दिएको बताउँदै पौडेलले भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय पोखराबाट २६ लाख अनुदान, घरेलु तथा साना उद्योग कार्यालय र भेटनरी अस्पतालबाट समेत प्राप्त अनुदानले सहज भएको बताईन् । मासिक २ लाख १५ हजारसम्म आम्दानी हुने गरेको पौडेलको भनाई छ ।

भैसीपालनबाट खेत, घर निर्माणका साथै गोठ विस्तारमा करिव ३० लाख खर्च गरेको बताउँदै परिवार पाल्न र सम्पत्ती आर्जनमा सहज भएको बताईन् । श्रीमानले विदेश र जागीरमा समयको बर्बादी गरेको बताउँदै पशुपालनबाट हुने आम्दानीले विगतका दुखलाई विर्सिएको बताईन् । दिनको दुईपटक बजारमा दुध लैजाने गरेका पौडेलले बताए । उनका अनुसार घरमा दुईवटा भैसीलाई देखेर श्रीमतिले बनाएको योजनामा आफुँले समेत प्रत्यक्ष साथ दिएपछि ब्यवसायीक भैसीपालनमा सक्रिय भएको बताए ।

अहिले पौडेल दम्पत्तीले भैसीपालनबाट रहरलाग्दो कमाई गरेपछि छिमेकी तथा आसपासका क्षेत्रमा समेत धमाधम भैसीपालन सुरु भएको छ । उन्नतजातका भैसी, मुर्रा, र स्थानीय भैसीबाट दैनिक सदरमुकाम बेनीमा दुध विक्री गर्न आउने गरेका पौडेलले प्रतिलिटर १ सय २० रुपैयाँसम्म विक्री गर्ने गरेका छन् ।

जिल्लामा पछिल्ला केहीबर्ष यता विदेशबाट फर्किएका यूवाहरुले धमाधम पशुपालन गर्न थालेपछि सदरमुकाम बेनीमा दैनिक २२ सय र छिमेकी जिल्ला पर्वतबाट ६ सय लिटर दुध बजारमा भित्रिने छ । दैनिक २८ देखी ३ हजार लिटर दुधको माग रहेकाले यूवालाई पशुपालनमा प्रोत्साहन गर्न सकेमा म्याग्दीलाई दुधमा आत्मनिर्भर बनाउन सकिने पशुपालन कृषकको भनाई छ ।

विज्ञापन