गृह मन्त्रालयको तथ्यांकअनुसार ७४ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको छ । आव ०७५–७६ को तथ्यांकअनुसार मुलुकभर १३ हजार ३६६ दुर्घटना भए । जसमध्ये नौ हजार नौ सय १९ दुर्घटना चालकका लापरबाहीका कारण भए । यो भनेको कुल दुर्घटना संख्याको ७४.२१ प्रतिशत हो ।

तीव्र गतिले सवारी चलाउनु दुर्घटनाको अर्को कारण हो । तथ्यांकअनुसार आव ०७५–७६ मा मुलुकभर दुई हजार १७१ दुर्घटना तीव्र गतिका कराण भए । यो कुल दुर्घटना  संख्याको १६.२४ हो । दुर्घटना हुने अर्को कारण मादक पदार्थ सेवन पनि हो । आव ०७५–७६ मा मापसेका कारण मात्रै मुलुकभर ३.११ प्रतिशत अर्थात् ४१६ दुर्घटना भए । सोही वर्ष ओभरटेकका कारण १.९६ प्रतिशत (२६३), १.४८प्रतिशत (१९८) यात्रुको गल्ती र २.९८ प्रतिशत (३९९) दुर्घटना भएको गृहको तथ्यांकमा उल्लेख छ । नयाँ पत्रिकामा खबर छ ।

विज्ञापन