लोक गायक राम गगनले अमिन राष्ट्रिय संगीत पुरस्कारमा बिशिष्ट लोक गीत विधामा ‘प्रोत्साहन’ अवार्ड प्राप्त गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जन्मिएर काठमाण्डौमा गीतसंगितको क्षेत्रमा सक्रिय रहेका उनले ‘घर छोड्दा रात’ बोलको गीतमा उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

कलिलै उमेरमा गितसंगीतमा सक्रिय भएका राम गगनले नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्यूजिक अवार्डबाट प्राप्त सम्मनले उत्साहित भएको बताए । ‘मैले जीवन विताएपनी, उसले धोका दिएको नभन्नु अरुले जे भनेपनी’ वियोगान्त गीतमा आफ्नो स्वर दिएर ब्यवसायीक रुपमै गायनमा प्रवेश गरेका गगनले लोकदोहोरी, सालैजो, मौलिका भाका लगाएतमा ३ दर्जनभन्दा बढी आफ्नै शब्द र स्वरमा गीत बजारमा ल्याएका छन् ।

उनका हेर्दा राम्रो बेनीको बजार, बेनीको बजार मन पर्ने हजार’ नाम सालैजो गीतबाट लोकप्रियता कमाएका गगनले केही दिन अगाडी म्याग्दीकै गायिका लाली बुढाथोकीसंग आफ्नै शब्द र स्वरमा ‘घुमाइदेउ स्वर, मनपर्छ भने लाम मायाँ के भोर’ भन्ने गीतबाट चर्चा बटुल्न सफल भएका थिए । चर्चित लोकगायक खड्ग गर्बुजाको प्रेरणाबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकोे राम गगनले यसअगाडी समेत विभिन्न सम्मानबाट सम्मानित भएका छन् । मौलिक, लोकदोहारी र यूवापुस्ताका गीतहरूलाई बजारमा ल्याउन रुचाउने गगनले भविस्यमा सम्मानका लागि भन्दा पनि गायन क्षेत्रमा अझै धेरै गर्ने योजना रहेको बताए ।

Leave a Reply