म्याग्दीको मंगला गाउँपालिका–५, किमचौरकी एक बालिकालाई अभिभावकले खेल्नका लागी बनाइदिएको पिङको डोरीमा घाँटी बेरिँदा अचेत अवस्थामा भेटिईन् । १३ बर्षिया बालिकाको बेनी अस्पतालमा ल्याउँदा घरमै उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरिदिए । सोही गाउँपालिकाको वडा नं २ बावियाचौर तल्ला डडुवाकी एक बालिकालाई हजुरआमाको पैसा चोरीको आरोप लगाएपछि कोठामा गएर आत्महत्या गरिन् । पूर्णगाउँको राष्ट्रिय जनजागृति माविमा कक्षा ७ मा अध्यययरत १२ बर्षिया बालिकाले कोठामा पढ्न जान्छु भन्दै कोठाभित्र पासो लगाएर झुन्डिएको अवस्थामा परिवारले भेटेका थिए ।

एकबर्षको अवधिमा विद्यालयका दुईजना विद्यार्थीले आत्महत्याको बाटो रोजे । कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीले किन आत्महत्या गरे ?यो प्रश्नको उत्तर परिवार र प्रहरीका निम्ति मात्रै रहस्यको विषय बनेन, विद्यालयका प्रधानाध्यापक टेक राम्जालीले समेत भविस्यमा विद्यार्थीको यस्तै घटना सुन्न नपरोस् भन्दै घटनाका बारेमा विभिन्न माध्यमबाट बुझ्ने प्रयास गरेको बताए। क्षणिक आवेगमै दुई कलिला विद्यार्थीलाई गुमाउनु परेको छ,‘यो घटनाबाट सबैले पाठ सिक्नुपर्छ’ राम्जालीले भने । उनले पढाईमा समेत मध्यम रहेका विद्यार्थीको घटनाका बारेमा घटनास्थलमा पुगेर फर्किएको प्रहरीको टोलीसँग समेत जानकारी लिएको बताए ।

गएको असोज महिना यता परिवारका सदस्यको हेलचक्राईका कारण समेत दुई बालिकाले ज्यान गुमाउनुपरेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।‘बालबालिका आत्महत्याको यो पहिलो घटना होईन्,‘केही घटनामा परिवारको लापरवाही समेत देखिएको छ’ प्रनाउ मरासिनीले भने । उनले ‘कलिलो उमेरका बालबालिका आत्महत्या गर्ने बिन्दुमा कसरी पुगे भन्नेमा अनुसन्धानको विषय बनेको बताउँदै आत्महत्याको घटना न्यूनिकरणका लागि ब्यापक अभियान सञ्चालन गर्नुपर्ने बताए ।

कलिलो उमेरका बालबालिकाले आत्महत्या गर्नुको कारण खोतल्नु सजिलो नभएको प्रनाउ मरासिनीको भनाई छ ।कलिलै उमेरमा आत्महत्या गर्नुको प्रमुख कारण विभिन्न फिल्मीमा आत्महत्या गर्ने खोजेपछि परिवारबाट आफ्ना माग पुरा भएका घटनाको सिको, अनुभव लिन, रिस थाम्नै नसकेर, परिवार र समाजबाट अपमानित हुनु, परिक्षामा फेल, प्रेममा असफल, गाउँमा ठुला मान्छेले आत्महत्या गरेको घटना देखेर लगाएत विभिन्न कारण रहेको प्रहरीको भनाई छ ।

जीवनमा एक सेकेन्डले पनि परिवर्तन सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकिएमा आत्महत्या रोक्न सकिने प्रनाउ मरासिनीको भनाई छ ।उनले जिल्लाभित्रका स्थानीय तहमार्फत सञ्चालन गरिएका विभिन्न जनचेतनामुलक अभियानमा आत्महत्या न्यूनिकरण गर्ने गतिविधिलाई समेत प्राथमिका दिएको बताए । चालु आर्थिक वर्षको मंसिरको तेस्रो हप्तासम्म १० आत्महत्याको घटनामा २ बालिका, ३ महिला र ५ पुरुष रहेको बताए ।

गत बर्ष १३ जनाले आत्महत्या गरेकोको तथ्यांक रहेको छ। जिल्लामा डरलाग्दो समस्याका रुपमा देखिएको आत्महत्याको बाटो रोज्नेमा अशिक्षा, अनिच्छित गर्भधारण, मानसीक रोगीलाई उपचारको अभाव, आर्थिक समस्या, गरिवी, अशिक्षा,सामाजिक कुरिती, दिर्घरोगी,आवेक,असफलता,उच्च महत्वकांक्षा पुरा गर्न नसकेका,प्रेममा असफलता,बैदेशिक रोजगारमा गएका श्रीमानले पठाएको रकम दुरुपयोग गरी परपुरुषसंगको अनैतिक सम्बन्ध लगाएतको रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । आर्थिक बर्ष ७२÷७३ मा सबैभन्दा धेरै २४ जनाले आत्महत्या गरेका छन् ।

गतबर्षको हाराहारीमा मंसिर महिनासम्मको विवरणले म्याग्दीमा आत्महत्याको अवस्था भयावह रहेको नागरिक समाज म्याग्दीमा अध्यग सुर्दशनकुमार श्रेष्ठले बताए ।‘क्षणिक आबेग रोख्न सक्नुपर्छ,‘बालबालिकालाई सामाजिक सञ्जालमो प्रभाव समेत परेको छ’ श्रेष्ठले भने। बालबालिकामाझ हुने तीव्र प्रतिस्पर्धा र त्यसले ल्याउने निराशाजस्ता कारणको खोजी नगरेसम्म बालबालिकाको आत्महत्याको दर रोक्न मुस्किल रहेको उनको भनाई छ।

पहिलो प्रयास असफल, दोस्रोमा प्राण त्याग
बेनी नगरपालिका–३, भकिम्ली राखुकी तीनबर्ष अगाडी बालिकाले एउटा सल भेटाईन् । पढाईमा अब्बल भएपनि उनले नयाँ नयाँ काम गर्न रुचाउँथिन् । आफ्नै साथीसंग उनले सलले आत्महत्या गरौं भनी पटकपटक प्रस्ताव गरेको प्रहरी अनुसन्धनले देखाउँछ ।‘अर्काको सल किन प्रयोग गर्ने आफ्नैले गर न’ साथीको जवाफ आएपछि उनले घरमा रहेको सलले आत्महत्या गरिन् । बालिकाले पटकपटक आत्महत्याको प्रयास गरेपनि असफल भएको परिवारको भनाई छ । एकपटक असफल भएपछि अर्को पटक आत्महत्या गर्नेको संख्या धेरै रहेको देखिन्छ ।

मृतकका परिवार र नजिकका साथीहरुको भनाईलाई आधारमा प्रहरीले गरेको अनुसन्धानमा आत्महत्या गर्ने बिचार बारम्बार मनमा आएको साथीहरुलाई सुनाउने, जीवनमा सफलता प्राप्त गर्न नसकेको बताउने, पारिवारिक, आर्थिक, मानसिक समस्या भएकाले आत्महत्यामा प्रयोग हुने सामान जस्तै डोरी, तार, सल, लगाएतका साम्रागी साथमै देखाउनेले पटक–पटक प्रयास गरेको प्रहरीको भनाई छ ।

प्रहरीका विभिन्न अनुसन्धानका आधारमा जिल्लाका करिव १० देखी १५ प्रतिशत आत्महत्या गर्नेले पटकपटक प्रयास गरेको देखिन्छ । एकपटक आत्महत्याको प्रयास असफल भएलगत्तै परामर्श, समस्याको पहिचान तथा उपचार गर्न सकिएमा आत्महत्या घटाउन सकिने अनुसन्धानमा संलग्नको भनाई छ । आत्महत्या गर्नु अघि लेखिएका सुसाइठ नोट अध्ययन गर्दा एकपटकको प्रयासलाई सफल बनाउन अर्को प्रयास गरेको देखिन्छ । बेनी साप्ताहिकबाट साभार

विज्ञापन