नेपाल टेलिकम म्याग्दीले फाइबर टु द होम सेवा बेनी नगरपालिका–९, गलेश्वर बजारबाट सुरु भएको छ । बुधबार एक कार्यक्रममा टेलिकमले भ्वाइस तथा डाटाका लागि प्रयोग गर्दै आइरहेको तामाको तार (कपर) प्रविधिलाई पूर्ण रूपमा हटाएर फाइबर प्रविधिबाट सेवा शुभारम्भ गरिएको हो ।

नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्मा र म्याग्दीका प्रमु्ख विष्णुदेव शाहले कपर प्रविधिलाई हटाएर फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवाको सुरुवातको घोषणा गर्नुभएको थियो । म्याग्दीबाट टेलिकमले पुरानो नम्बरबाटै फाइबरको सेवा लिन सकिने नेपालमै पहिलोपटक सुरुवात गरेको बागलुङ टेलिकमका प्रमुख शर्माले बताउनुभयो । ‘अन्य जिल्लामा नयाँले यो सेवा पाउँछन्,‘गलेश्वरमा पुरानै नम्बरमा नयाँ प्रविधि जडान गरी सेवा सुरु भएको छ’ शर्माले भन्नुभयो ।

गलेश्वर बजारमा रहेका ६९ प्रयोगकर्तामध्ये बुधबारदेखि ६४ जनाले एफटीटीएच प्रविधिको सेवाको प्रयोगग गरेको बताउँदै केहीदिनभित्र बेनीमा रहेका १ हजार २१६ ग्राहकले सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवासँगै निकट भविस्यमा भिडियो अर्थात टिभी सेवा समेत सुरु गरेपछि तीनवटै सेवामा टेकिलमले ठूलो बजार हिस्सा ओट्ने दावी समेत गरिएको छ।

हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएस देखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ । सेवा शुभारम्भको कार्यक्रम सञ्चालनमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुन, पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष तारानाथ शर्मा सहित पत्रकारहरुको उपस्थिती रहेको थियो ।

विज्ञापन