OLYMPUS DIGITAL CAMERA

बागलुङ र पर्वतमा उत्पादन हुुने प्रशोधित शुद्ध पिउने पानीको नयाँ मुल्य निर्धारण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले बोतल र जारीको पानीको मुल्य निर्धारण, कार्यान्वयनको लागि पत्रचार तथा अनुगमन गर्ने निर्णय गरेको हो

बागलुङ बजारमा विक्रीका हुने विभिन्न कम्पनीका पानीको जारको मुल्य ६० बाट घटाएर ५० निर्धारण गरिएको छ भने बोतलको पानीको मुल्य प्रति बोतल २५ बाट घटाएर १६ रुपैयाँ मुल्य निर्धारण भएको हो ।

नयाँ मुल्यमा नै पानी विक्री वितरण गर्न सवै उत्पादक कम्पनी र व्यवसायीहरुलाई अनुरोध गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।बागलुङमा महालक्ष्मी मिनरल एण्ड वेभरेज प्रालिद्वारा उत्पादित ‘कालिका’ पानी सं र कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज कुश्मा–८ पर्वतबाट प्रशोधित पर्वत पानी विक्री वितरण हुँदै आएको छ ।

विज्ञापन