बेनी नगरपालिका–५, डडुवाका राजु केसी बाख्रापालनमा ब्यस्त छन् । दुईवटा बाख्रा घरको पिँडीमा पालेर बाख्रापालनप्रति आर्कषित भएकाकेसीले बि.श २०७२ सालबाट ब्यवसायीक बाख्रापालनमा प्रवेश गरे । गाउँमाबाट सुविधाको खोजीमा जागिर र विदेशीएपनि केसीले बाख्रापालन छोडेनन् । घरआगन आसपासका क्षेत्रमा बाख्रापालनलाई विस्तार गदैं केसीले गाउँमै ब्यवसायीक बाख्रापालनमा आफ्नो छवी बनाए । दुईवटा बाख्राबाट ब्यवसायमा प्रवेश गरेका केसीसँग अहिले उन्नतजातका बोकालगायत गरी ५५ बाख्रा छन् ।

‘अवसरको खोजीलाई बाख्रापालनले छेक्यो,‘बाख्रापालनबाट सन्तुष्ट छु’ केसीले भने । साना–ठूला गरी पाँचवटा खोरमा १५ वटा बोयर जातका बोका र बाख्रा सहित खरी र स्थानीय जातका बाख्रा रहेको केसीको भनाई छ । ४५ हजार र ३२ हजारका दुईवटा बोयर बोकासँगै बोयर बाख्रापालनलाई प्राथमिकता दिएका केसीले खोर विस्तार गरेको बताए ।

बाख्रापालनमा धेरै दुख भएपनि लगानी अनुसारको आम्दानी रहेको केसीको भनाई छ । ‘छोराछोरीको शिक्षादिक्षासँगै घरखर्च पुगको छ,‘केहीबर्षभित्र बोयरको नमुना केन्द्र बनाउने प्रयासमा छु’ केसीले भने ।

विभिन्न ठाउँबाट बोयर जातका पाठापाठीको माग आउन थालेको बताउँदै बार्षिक ४ लाखको हाराहारीमा आम्दानी हुने गरेको बताए । उनले खसीबाख्राको मुत्र संकलन गर्ने र तरकारी खेतीमै उपयोग गर्ने गरेको समेत बताए ।

सामुदायिक बनलाई बार्षिक शुल्क तिरेर चरन क्षेत्रमा लैजाने गरेपनि आफ्नै जमिनमा नेपियर, स्टाइलो, सुडान, किम्बु, पटमिरो, एपिल, बकाइनोलगायत प्रजातीका घाँस खेती समेत गरेका छन् । ‘बाख्रापालनलाई व्यवस्थित गर्न थप १६ रोपनी जग्गामा घाँसखेती गरेको छुँ,‘यसलाई थप विस्तारको योजना छ’ केसीले भने । उन्नत जातबा बाख्रासँगै स्थानीय बाख्राको समेत माग धेरै रहेको बताउँदै बाख्रापालनबाट परिवारको आर्थिक जीवनस्तरमा सुधार ल्याउन सकिने उनको भनाई छ ।

विज्ञापन