उखान नै छ, ’धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ’ नेपाली समाजमा पुरानो भनाईसँग धेरै नेपालीको आनीबानी मेल खान्छ । सडकमा भेटाएको पैसालाई त भाग्यले जुराएको भन्नेहरु पनि हुन्छन् । तर, बिहिबार एक यूवालाई बाटोमा रुपैयाँको बिटा, चेक, आर्कषक मोवाईल, महत्वपूर्ण कागजात भेटाउँदा समेत मनमा लोभ जागेन ।

बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वरमा झोलाभित्र रहेको ५२ हजार नगद ५९ हजारको साट्ने मिल्ने चेक, मोवाईल लगाएत बहुमुल्य समान भेटाएका रघुगंगा गाउँपालिका–२ भगवती पञ्चासेका झलक शर्माले सम्बन्धित ब्यक्तिको खोजी गरी फिर्ता गरेका छन् । बेनीबाट अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना जाँदै गरेकी रिया थापाको झोलालाई गलेश्वरमा वडा अध्यक्ष बेलबहादुर कुटवाल, प्रहरी सहितको रोहवरमा थापालाई हस्तान्तरण गरे ।

‘पैसाको बिटाले इमान्दारितालाई रोक्न सकेन्,‘तत्कालै नागरिकताको आधारमा सम्बन्धित गाउँबाटै मोबाइल नम्बर पत्ता लगाए’ शर्माले बेनीअनलाइनलाई भने । उनले बेनपा वडा नं ९ का अध्यक्ष सहितको उपस्थितीमा बैसरी पुगिसकेकी थापालाई सम्पर्क गरी हस्तान्तरण गरेको बताए । ‘कसैको मालसामान पाउँदा खुसी हुनुहुदैन्,‘मैले आज एउटा राम्रो सेवा गर्ने अवसर पाए’ शर्माले भने ।

उनले हातैमा भएको झोलाबाट पैसा समेत गनेका थिएनन्। प्रहरीकै उपस्थितीमा झोलाबाट पैसा गन्न सुरु गरिएको थियो । आफ्नो हराएको झोला सहित पैसा प्राप्त गरेपछि थापाले पछिल्लो समय समाजमा अर्काको कमाई चोरेर खाने, ठगि गर्ने जस्ता गतिविधि मौलाइरहेको अवस्थामा शर्माले समाजलाई नै सन्देश दिएको बताईन् । ‘समाजमा रहेका मनकारी मान्छेको एक उदाहरण भेटे’ थापाले भनिन् ।