रोटरी क्लब अफ म्याग्दीको वर्ष २०१९÷०२० का लागि अध्यक्षमा धनञ्जयकुमार श्रेष्ठ चयन भएका छन् । बिहिबार बेनीमा आयोजित पदस्थापन समारोहमा रोटरी क्लवका डिष्ट्रिक गर्भरन इलेक्ट किरणलाल श्रेष्ठले अध्यक्ष श्रेष्ठलाई सपथ गराए । क्लवको इलेक्ट प्रेसिडेन्टमा टिकाराम सापकोटा, उपाध्यक्ष दिपक श्रेष्ठ, कोषाध्यक्ष नवराज पौडेल, सचिव राजु केसी रहेका छन् ।

कार्यसमितिको सदस्यहरूमा बिष्णु रोका, प्रकाश रेग्मी, लिलाधर ढकाल, पशुपती ढकाल, हरिप्रसाद पौडेल, रेखाकौशल रेग्मी, काशिराम रेग्मी, रमेश बोगटी, लिलानाथ पौडेल, अमर बानियाँ, राजेन्द्रकुमार श्रेष्ठ, यादब रिजाल, सुजन बरुवाल, दिपेन्द्र शर्मा, सनम बानियाँ, धुब्र रेग्मी, भिष्म मल्ल, भक्तबहादुर कार्की, चित्रनाथ रेग्मी, यादव सुबेदी, भरत खत्री र बिमला गौचन रहेका छन् ।

कार्यसमितिमा चयन भएकालाई विभिन्न पदको जिम्मेबारी दिइने नवनिर्वाचत अध्यक्ष श्रेष्ठले बताए । पदस्थापना कार्यक्रमको उद्घाटन गदै गर्भनर श्रेष्ठले म्याग्दी जिल्लामा सामाजिक तथा मानवीय सेवाको नेतृत्वका लागि रोटरीले सक्रियतापूर्वक सहभागिता जनाउने बताए । सोही अवसरमा सहायक गर्भनर तेजनाथ न्यौपानेले समय ब्यवस्थापन र सामाजिक उत्तरदाहित्वलाई क्लवले उच्च प्राथमिकता दिनुपर्ने बताए।

त्यस्तै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले रोटरी क्लवको अभियानले शिक्षा, स्वास्थ्य सहितका सामाजिक कार्यहरुमा जिल्लाबासीले लाभ लिन सक्ने बताउँदै निजी क्षेत्रले सहकार्य गर्ने बताए ।  सोही अवसरमा एसिटेन्ट गर्भनर गोपी अधिकारी, क्लव सल्लाहकार रेशम बहादुर केसी, रोटरी पोखरामा अध्यक्ष गोपाल हवजु, बागलुङकी अध्यक्ष लक्ष्मी जिसी कार्कीले मन्तब्य राखेका थिए ।

पदस्थापना कार्यक्रमको अवसरमा रोटरी बागलुङ शाखाकाले १ लाखको अक्षय कोष स्थापनाका साथै डिष्ट्रिक गर्भरनर श्रेष्ठले बेनी नगरपालिका–८, कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयलाई ७ लाखसम्मको भौतिक पूर्वाधारमा सघाउने घोषणा गरेका थिए । पदस्थापना कार्यक्रमको अवसरमा गण्डकी प्रदेशको जर्ज जोन शिक्षा प्रतिष्ठानबाट उत्कृष्ट शिक्षासेवी पुरस्कारबाट सम्मानित बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठ र भारतीय संविधान निर्माता डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी म्याग्दीकी एकल महिलाकी अभियान्ता अभियन्ता विमला गौचनलाई सम्मान गरिएको थियो । निकट भविस्यमै विभिन्न जिम्मेबारी बाँडफाडसँगै रोट्याक्ट क्लव अफ म्याग्दी समेत गठन गरिने रोटरी क्लव म्याग्दीले जनाएको छ