नवलपरासी कावासोतीको हात्तिखोरस्थित सेवा दलमध्ये तालिम शिक्षालयमा आयोजित छात्रा भलिबल प्रतियोगितामा बेनीको माउण्ट एभरेष्ट आवासीय मावि प्रथम भएको छ । बिहिबार सम्पन्न भएको फाइनल खेलमा बागलुङको अमर माध्यामिक विद्यालयलाई सोझो सेटमा पराजित गदैं छात्रा भलिबलको उपाधी जित्न सफल भएको हो । निकै उत्कृष्ट खेल प्रर्दशन गरेको माउण्टका शिक्षक प्रतिनिधि विशाल गोतामेका अनुसार प्रतियोगिताका विभिन्न खेलमा माउण्ट छात्रातर्फ उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएको बताए।

विभिन्न १६ जिल्लाबाट सहभागी रहेको प्रतियोगिताको छात्रातर्फको भलिबलमा माउण्ट एभरेष्टकी रिया रोका उत्कृष्ट खेलाडी घोषित भईन् ।प्रतियोगिता अन्तरगत प्रतिस्पर्धाका विभिन्न ४ वटा विधामा माउण्टले समुह रनिङतर्फ १६ सय मिटरमा स्वर्णपदक जितेको छ। त्यस्तै छात्र फुटबल प्रतियोगितामा पर्सा जिल्लाको सर्वशक्ती माविसँग फाइनलमा पराजित भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा माउण्टलाई सर्वशक्ती माविले १ गोल प्रहार गरेको थियो ।

प्रतियोगिता अन्तरगका विभिन्न विधाहरुमा जिल्ला जिल्लाबाट आएका विद्यार्थीहरुको प्रतिस्पर्धा हुने छ । विद्यालयमा विद्यार्थीहरूलाई सेनाका अधिकृतहरूले ७९ दिनसम्म सैनिकसम्बन्धी तालिम दिएर बाँकी २१ दिन सबै विद्यार्थीलाई हात्तीखोरस्थित शिक्षालयमा ल्याएर अन्तिम तालिम सहित खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेका छन् । देशभरबाट छनोटमा परेका विद्यार्थीलाई सय दिनको सेनासम्बन्धी विभिन्न तालिम पुरा गराएर कावासोतीको हात्तिखोरस्थित सेवा दलमध्ये तालिम शिक्षालयबाट दीक्षान्त गरिन्छ ।

युद्ध अभ्यासका सामान्य नियम, लागूऔषधविरुद्धको तालिम, ट्राफिक सचेतना, वन्यजन्तु संरक्षण, जलवायु परिवर्तनले पार्ने असर, इतिहास, संस्कारबारे सिकाइनुका साथै नाचगान र खेलकुद गतिविधि समेत सञ्चालन गरिन्छ । तालिममा उत्कृष्टलाई भारत, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंकामा पनि पठाउने व्यवस्था रहेको छ । तालिम अवधिमा विद्यार्थीको पढाइलाई मुख्य प्राथमिकता दिइएको हुन्छ । तालिमको आगामी पुष १३ गते भब्य समारोहका बिच सम्मान सहित विदाई गरिन्छ ।

विज्ञापन