गत भदौ ३ मा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए।‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएकै छु। नोट अफ डिसेन्ट छँदै छ। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ। मेरो असहमतिसहित स्थायी समिति बैठकमा छलफल गरौं। छलफल नै नगरी अनुमोदन गरेमा मेरो सहमति हुँदैन,’ नेपाललाई उधृत गर्दै नेता विष्णुपुकार श्रेष्ठले भने।
विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित हुँदैन भनेर आफूले पटकपटक उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ थियो।नेपालले भने, ‘मेरो प्रश्न छ– विधानको व्यवस्था लागू गर्ने कि नगर्ने ? मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु। सचिवालयले गरेका निर्णयमा मैले राखेको असहमति कायमै छ।’ यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।