बेनी नगरपालिका–५ पुलाचौरको बसन्त आधारभुत विद्यालयका विद्यार्थीलाई एक ब्यक्तिले रु ५० हजार बराबरको सहयोग गरेका छन् । बेनपा–४ सिंगा घरभई हाल दक्षिण कोरियामा रहेका डा.बोजिन्द्र प्रसाद तुलाचनले विद्यालयमा अध्ययनरत बालविकासका विद्यार्थीलाई शैक्षिक साम्रागीका साथै विद्यार्थीर्ला शैक्षिक साम्रागी, पोशाक सहयोग गरेका हुन् ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक दिपक प्रसाद पौडेलले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार सहितका कार्यहरुमा थप सहयोग आवश्यकता रहेको बताए । विद्यालयका शिक्षक खोमराज पौडेलको संयोजनमा विद्यालयका २८ जना विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरत बहादुर भण्डारी, स्वागत तथा सहयोगदाताका बारेमा शिक्षक खेमराज पौडेल र सञ्चालन शिक्षक किशोर पौडेलले गरेको कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष लक्ष्मी शर्मा लगाएतको उपस्थिती रहेको थियो । कोरियाबाट तुलाचनले यसअगाडी भकिम्लीका दुई विद्यालयमा सहयोग गरेका थिए ।

विज्ञापन