सामाजिक कार्यमा सक्रिय मंगला गाउँपालिका–२,तल्लो डडुवाको मंगला यूवा क्लवले एक विद्यालयलाई १ लाख २० हजार बराबरको शैक्षिक पोशाक वितरण गरेको छ । शुक्रबार जानकी आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म्म अध्ययनरत २८ जना विद्यार्थीलाई स्थानीय समाजसेवी श्रीकला अर्मजाको प्रमुख आतिथ्यतामा झोला, स्विटर, टाई, बेल्ट, पोशाक सेट वितरण गरिएको हो ।

क्लवको सदस्यको सदस्यता शुल्क, स्वदेश तथा विदेशमा रहेका सदस्यहरुको आर्थिक सहयोग तथा सदस्यहरुले बिबाह, बर्तबन्धन तथा जन्मदिनमा फजुल खर्च कटाएर क्लवको अभियनामा संकलन भएको आर्थिक तथा क्लवका शुभचिन्तक कुशल शर्माको सर्ट सौजन्य गरेका थिए । क्लवका अध्यक्षा शेरबहादुर पुनले सामाजिक, शिक्षा तथा विकास निर्माणमा क्लवले निरन्तर रचनात्मक कार्य गर्ने बताए ।

‘समस्या परेका अन्य ठाउँमा पनि सहयोग पुर्याएक छौ,‘भविस्यमा थप रचनात्मक कार्यहरुमा संलग्न हुन्छौ’ पुनले भने । उनका अनुसार क्लबले स्थपनाको दुई वर्ष भित्रैमा जानकी आधारभुत बिधालयमा कम्प्युटर, प्रिन्टर, खानेपानी साम्रागी सहित विभिन्न सहयोग गरेको थियो । शैक्षिक साम्रागी हस्तान्तरण कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष पुन, स्वागत प्रधानाध्यापक दिलबहादुर कार्की र सञ्चालन सचिव नेत्रराज सुबेदीले गरेका थिए ।

विद्यालयमा अध्ययरत विद्यार्थीलाई आवश्यक पर्ने टाई बेल्ट सहितका केही साम्रागी बाँकी रहेकाले नयाँ भर्ना अभियानमा समेत सदुपयोग गर्ने विद्यालयले जनाएको छ । केहीदिन अगाडी क्लवले बेनी नगरपालिका वडा नं ४ सिंगास्थती धौलागिरी माविका बहिरा विद्यार्थीलाई सदन पोशाक सहितको साम्रागी समेत वितरण गरेको थियो ।