म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको सहस्रधाराममा आयोजित चिनियाँ चिकित्सा विधिको प्राकृतिक उपचार विधिबाट ५ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । चाइनिज नेपाली टि सि एम सेन्टर काठमाण्डौको प्राविधिक तथा मालिका यूवा क्लव र मालिका जनहित बोर्डिङ स्कुलको आयोजना, स्थानीय आमा समुहको सहयोगमा पुष २ र ३ गते सञ्चालित शिविरमा विश्वमै प्रसिद्ध चाइनिज ट्रेडिसनल चाइनिज मेडिसिनका विधिहरुबाट बिरामीको उपचार गरिएको श्रीराम पौडेलले बताए।

उनका अनुसार बेल्ट एन्ड रोड डाइरेक्टिभ हेल्थ क्याम्प अन्तरगत चिनियाँ पद्धतिको प्राकृतिक उपचार विधिमा पर्ने अकु प्रेसर, अकु पन्चर र यअर कुलर विधि बाट उपचार गरिएको थियो। सरुवा तथा नसर्ने किसिमका रोगहरूको दोहोरो बोझमा रहेका सर्वसाधारणलाई चिनियाँ पद्धिको उपाचार विधिबाट थेरापी र जडिबुटीको प्रयोगले समेत निको हुने सरल सुलभ र सस्तो विधिको उपचारमा सर्वसाधारणको आर्कषण देखिएको थियो ।

‘चिनियाँ विधिले विश्वमा विभिन्न रोगको उपचारको मान्यता प्राप्त गरेको छ,‘बिरामीको अवस्था अनुसारको उपचार जडिबुटीबाटै सम्भव छ’ डा. च्याछिङ हाईले भने । उनले शिविरमा आएका बिरामीलाई चिनियाँ विधिको उपचार पद्धतिबाट शारीरिक, मानसिक र आध्यात्मिक पक्षलाई निकै ध्यान दिने गरेको बताएका थिए । एलोपेथिक चिकित्सक र परम्परागत चिकित्सकबीचको सम्बन्धका बारेमा समेत जानकारी गराएका थिए ।

स्वास्थ्य प्रर्वधन र हेरचाहको लागी नेपालमा समेत टिसिएम उपचार बढी प्रयोग हुन थालेपछि दुर्गम क्षेत्रका सर्वसाधारणलाई शिविरमार्फत जनचेतना समेत फैलाउने प्रयास भएको आयोजकले जनाएको छ । चिकित्सा पद्दति (एलोप्याथी) मा नसर्ने किसिमका रोगहरूको ब्यवस्थापन गर्न धेरै चुनौती सामना गर्नुपरिरहेको अवस्थामा गाउँमा सञ्चालित शिविरले सहज भएको बिरामीको भनाई थियो ।

शिविरको अध्यक्षता मालिका यूवा क्लवका अध्यक्ष मुक्तिमान केसी, स्वागत नगेन्द्र पौडेल र सञ्चालन श्रीराम पौडेलले गरेका थिए । शिविरमा वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले गाउँमा नयाँ विधिको उपचारले सर्वसाधारणलाई सहज भएको बताए । शिविरमा ९ जना चिकित्सक सहितको टोलीले सेवा दिएका थिए ।

Leave a Reply